२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु

आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु
फाईल फोटो
अ अ+ अ-

काठमाडौ । निजी मेडिकल कलेजले आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउने तयारी गरेको छ ।

हाल आवासीय चिकित्सकहरुले शिक्षण शुल्क बापत रु २३ लाख तिर्दै आएकामा झण्डै दोब्बर बृद्धि गर्ने तयारी पछि आवासीय चिकित्सकहरुले पनि आन्दोलनको तयारी थालेका हुन् । एक चिकित्सकका अनुसार हाल आवासीय चिकित्सकले अस्पतालमा काम गरे बापत १९ हजार रुपैयाँ मासिक पाउने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको न्यूनतम पारिश्रमिक ४८ हजार बजाउन सिफारिस गरेपछि निजी मेडिकल कलेज सञ्चालकहरुले सो रकम उपलब्ध गराउन नसक्ने भन्दै असन्तुष्टि जनाएका छन् । निजी मेडिकल कलेजको असन्तुष्टिपछि चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले शुल्कबृद्धि गर्न सुझाव दिँदै चिकित्सकको माग पूरा गर्न सुझाव दिएपछि आवासीय चिकित्सकहरुले असन्तुष्टि जनाएका हुन् ।

एक चिकित्सकले न्यूजपोलारसँग भने– विद्यार्थीहरुमाथि शुल्क थप्ने कुरा कुनै हालतमा स्वीकार्य हुँदैन । यदि त्यसो भयो भने हामी बाध्य भएर आन्दोलनमा जान्छौँ । उनले शुल्क बढाउने निर्णय गरेमा आवासीय चिकित्सहरु सडकमा आउदा मुलुकभरका अस्पतालको सेवा समेत ठप्प हुने र त्यसको भागिदार स्वयं सरकार नै हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले बिचको बाटो खोजेर निकास खोज्नुपर्नेमा निजी मेडिकल कलेजका सञ्चालकका पक्षमा मात्र देखिनु दुर्भाग्यपूर्ण रहेको चिकित्सकहरुको भनाई छ । वैकल्पिक उपायहरु हुँदाहुँदै  पनि सरोकारवालाले चासो नदिएको उनीहरुको गुनासो छ ।

ती चिकित्सकले भने– विद्यार्थी भर्नाको कोटा बृद्धि एवं विदेशी विद्यार्थीका लागि भर्नाको लागि बाटो खुल्ला गर्दा नेपाली विद्यार्थीलाई भार नपर्ने भएपनि विकल्पको बाटो खोजिएन । कम्तीमा पनि ३२ हजार आवासीय चिकित्सकहरु सडकमा आउँदा त्यो भार सरकारले थाम्न सक्छ कि सक्दैन भन्ने कुरा सरकारले नै जानोस् ।