• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ

अब जागिर खान नसकिने भो !



” सक्छौ जागिर नखाउ, सक्तैनौ जागिर खाउ झण्डामुनि बस, दरबार नपस” जसपाउ थापा ।उनको यो कथन अहिलेपनि त्यतिकै बलियो छ। त्यतिखेर पनि जागिर खान गाह्रो थियो। दरबारलाइ चित्त नबुझेमा जागिर पजनी हुन्थ्यो। काम होइन ,चाकरी ठूलो थियो। भीम मल्ल,भीमसेन थापा इमान्दार थिए। पेसालाई दाउमा राखेर काम गरे। त्यसैले दरबारको दाउपेचमा परे। इतिहासमा यस्ता थुप्रै घटना छन्।

राजतन्त्र सिद्धिएपछि राजा मात्र होइन । एउटा दरबार पनि सिद्धियो। पहिले एउटा दरबारमा उपस्थिति जनाए पुग्थ्यो। अहिले दरबार छरिएका छन्। कुन दरबार हो र कुन होइन छुट्याउन गाह्रो छ। थाहा पाउन गाह्रो छ ।त्यसरी नै जागिरे हरुलाई पनि दरबार चिन्न सजिलो छैन। सबैलाई राजा बन्ने शोख छ । जागिर खाने रहर चलेको छ।

निजामती सेवामा लोकसेवा पास गरेपछि जागिर सुरु हुन्छ। यो नै निजामती सेवाको प्रमुख योग्यता हो। त्यसपछि योग्यता बढेको वा घटेको मापन कहिले गरिर्दैन। केवल जागिर खाए पुग्छ। जागिर कसरी खाने व्यक्तिलाई परिस्थितिले आफै सिकाउँछ। र क्रमशः जागिरे बन्दै जान्छ ।जागिर पेसा बन्दै गएको छ।

अहिले जागिर आकर्षक बनेको छ। राजनीति नेतृत्वलाई सरुवा, बढुवा, नियुक्ति गर्न साह्रै मन पर्छ। कर्मचारितन्त्र यो विषय त्यति रुचाउँदैन। किनकि जागिर खाने बानी परिसकेको छ। राजनीतिमा रहर जाग्नु र प्रशासनमा रहर हराउनुले राजनीति उत्साह बढ्छ भन्ने कुरा कर्मचारीतन्त्रलाई राम्ररी थाहा छ ।तर जागिर खान थालेपछि यो क्रमश विलुप्त हुँदै जाँदो रहेछ। जागिर अहिले व्यापारमा परिणत भएको छ।

जागिरे र विज्ञ छुट्टिन छाडेका छन। विज्ञ हुने लोभमा जागिर बिर्सिदै गएको छ । सूचनाहरु बिक्री गरेर विज्ञहरु जागिरमा रमाएको देखिन्छ ।जताबाट पनि सरकारी ढुकुटीबाट जागिरेहरुको चयन छ।

जागिरेहरको सान सौकत नै फरक छ। जो जागिर मात्र खान्छन् उनीहरु जागिरे जस्ता देखिँदैनन्। तर तिनीहरू पनि जागीरे नै हुन्। त्यसैले होला नेपालमा जागिर प्रतिको मोह बढेको छ। तर सधैभरि नेपाली जनता तिनै जागिरेलाई गाली गर्छन् र भन्छन् जागिरे प्रवृति। यो प्रवृत्ति जताततै छ ।सरकारी ,गैरसरकारी, निजी, न्याय, प्रहरी, व्यापार, पत्रकार ,व्यवसाय सबै क्षेत्रमा। किनकि वास्तविक जागिर खान त्यति सजिलो छैन।

जागिर कसले खाने,कसले नखाने भन्ने विषय लगभग सकियो। राजनीति जागिर , पेशा वा सेवा के हो भन्ने विषयको सीमारेखा सकिएको छ । कर्मचारीले जागिरमा पेशा, सेवा वा व्यापार के गर्दैछ , छुट्टिन छाडेको छ।।सबैतिर जागिर जीविका भएको छ। कहीँ कुनै क्षेत्र छुटेको छैन। पिता पुर्खाले भन्थे। ूउत्तम खेती ,मध्यम व्यापार, अधम जागिर८। तर अहिले उत्तम जागिर, मध्यम व्यापार र अधम खेति भएको छ। जागिर र खेतीको बिचमा व्यापार फस्टाएको छ। व्यापारीहरूले सबैलाई आफ्नै जागिरे बनाउन चाहेका छन् ।खेतीमा चाहि जागिर फस्टाएन। किनकि त्यहाँ जागिरे प्रवृत्ति काम लाग्दैन। खेती पेशा हो। जागिर होइन। त्यसैले यो इमान्दार क्षेत्र अहिले पेशा बन्न सकेन । यसलाई पनि जागिरेहरुले ध्वस्त पारेर छाडिसके।

पहिले राजाको सिदुर पहिरिनु‌ गौरव मानिन्थ्यो। अहिले कसैलाई पनि राज्यको सिन्दूर पहिरिएको अनुभूति हुँदैन । कोही स्वतःस्फूर्त जागिरे बन्दै जान्छन् ।कोही जागिर मात्र खान्छन् । कोहि जागिरे मात्र हुन्छन। यो सीमारेखा नछुटिदा वास्तविक जागिरेहरु ओझेलमा परेका छन्। संगठनले न्याय देला भन्ने भर छैन ।आफै न्याय खोज्न नहिड्ने जागिरेहरु संगठनभित्रै हराउँछन् ।

कर्मचारीतन्त्र भित्र वास्तविक जागिरे हरुलाई खोज्नु भनेको उत्प्रेरणा ,मनोबल, उत्साह, उत्तरदायित्व र जिम्मेवारी बढाउनु हो। यो क्रमशः क्षयीकरण हुँदैछ। अब जागिर खान गाह्रो हुँदै गएको छ।

अन्न, नुनको सोझो गर्दा अहिले कसैले पत्याउँदैनन् ।अहिले नून र गुन सकिएको छ। राम्रो काम गर्ने बरण्डामा पुग्छन्। जागिरेहरु मूल भान्सामा । र खटनपटन गर्छन् । भान्सामा कसरी पुगिन्छ भन्ने नबुझ्नेको के दोषरु अरुले बुझ्ला भनेर आशा गर्नेहरु वास्तविक जागिरे होइनन् । यि त जागिर मात्र खान्छन्।जागिर बिस्तारै औपचारिक हुँदै गएको छ।”राजाको काम कहिले जाला घाम ” जताततै छ। नतिजा भन्दा नजिकमा बढी विश्वास बढेको छ। ठूलाठूला भ्रष्टाचारमा मुछिएका घटनाले कसैलाई लाजमर्दो बनाउँदैन।

पहिले ब्रह्मस्व, राजस्व , देवस्व मास्ने कर्मचारी वा नेता दुबै महापातकी मानिन्थे। अहिले यही स्रोत नै कर्मचारीतन्त्र ,राजनीति र निजीक्षेत्रको कमाउने र जागिर खाने मुख्य स्रोत भएको छ। पहिले यस्ता रकम मास्ने समाजबाट तिरस्कृत हुन्थे। त्यसैले समाज नैतिक थियो। यस्ता चरित्रलाई समाजले स्वीकार गर्दैनथ्यो। अहिले यस्ता वर्ग नै समाजमा बढी प्रभावी छन्।

कर्मचारितन्त्र र राजनीतिमा सम्मानित छन्। पहिले पनि निश्चित वर्गको हालीमुहाली ‌चाहि थियो। उनिहरुकालागि राज्यका सबै स्रोत पारिवारिक थिए।। वर्ग विभाजित थियो । इमान्दार वर्गले सम्मान पाउन कठिन थियो। इमान्दार सिपाहीले ‘हजुरको नजर बाङ्गो कि मेरो घाँटी चिलाएको रुख त बाँङ्गै छ’ भनेजस्तो साहस गर्ने त्यतिखेर केहि थिए। अहिले यो शब्द पनि उच्चारण हुँदैन ।जसो जसो ब्राह्मण त्यसै-त्यसै स्वाहा ।यो प्रवृत्तिले जागिर पेशा हुदै गएको छ ।जागिर खान गाह्रो हुँदै गएको छ।

नेपालमा तलब समय र जागिर पर्याय जस्तै छन्,टेन टु फाइभ। सबैतिर जागिरको समय एउटै। बैक, निजीक्षेत्रको जागिर तलबको हिसाबले उच्च छ ।तर सम्मानित अझै हुन सकेको छैन।अदालत, न्याय क्षेत्रको जागिर ,पेशामा नमुछिनु पर्थ्यो ।

यद्यपि यि विषय पनि प्रमुख समचार बन्दैछन। ।राजनीतिमा तलब, सुविधा र समयले महत्व नदिनु पर्थ्यो। समय र सेवा प्रमुख हुनुपर्थ्यो। यो क्षेत्रपा पनि तलब र समयले महत्व पाउँदै गयो। कर्मचारीतन्त्रको त लगभग विशेषता नै यही जस्तै भएको छ। योभन्दा माथि उठेर सोच्ने गरी अब सबैलाई जागिर गाह्रो भएको छ। जागिर खान नसकिने भो।

-लेखक दाहाल नेपाल सरकारका सहसचिव एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको स्थानीय तह विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।