७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस बार्गेनिङ गर्ने वकिललाई स्पष्टीकरण सोधियो



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल बार काउन्सिलले सात दिनभित्र सो बारे जवाफ दिन भनेको छ ।

काउन्सिलको बुधबार बसेको बोर्ड बैठक र लगत्तै बसेको अनुशासन समितिको बैठकले उनलाई घुस बार्गेनिङ सम्बन्धमा स्पष्टीकरण दिन सात दिनको समय दिएको हो ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको अडियो सार्वजनिक भएपछि र नेपाल बार एसोसिएसनको विज्ञप्तिका आधारमा बार काउन्सिलले म्याद जारी गरेर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बोर्ड बैठकले भने अधिवक्ता पोखरेललाई कारबाही गर्न अनुशासन समितिमा सिफारिस गरेको थियो ।

अनुशासन समितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र रदिसभक्त प्रधानांग सदस्य रहेका छन् ।

अधिवक्ता पोखरेलको स्पष्टीकरण आएपछि थप प्रमाण बुझ्ने वा कारवाही गर्ने भन्ने अनुशासन समितिले निर्णय गर्न सक्नेछ । बार काउन्सिलले नसिहत दिने, निलम्बन गर्ने वा प्रमाणपत्र नै रद्द गर्ने निर्णय गर्न सक्छ ।

अधिवक्ता पोखरेलमाथि न्यायाधीश कोइरालालाई दुई करोड रुपैयाँ घुस दिएर सहकारी ठगी मुद्दाका अभियुक्त इच्छाराज तामाङलाई धरौटीमा छुटाउन खोजेको आरोप लागेको छ । सोसम्बन्धी अडियो नै सार्वजनिक भएको थियो ।

पोखरेल नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्षसमेत हुन् ।