६ आश्विन २०८१, आईतवार
,
Latest
कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस बार्गेनिङ गर्ने वकिललाई स्पष्टीकरण सोधियो



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल बार काउन्सिलले सात दिनभित्र सो बारे जवाफ दिन भनेको छ ।

काउन्सिलको बुधबार बसेको बोर्ड बैठक र लगत्तै बसेको अनुशासन समितिको बैठकले उनलाई घुस बार्गेनिङ सम्बन्धमा स्पष्टीकरण दिन सात दिनको समय दिएको हो ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको अडियो सार्वजनिक भएपछि र नेपाल बार एसोसिएसनको विज्ञप्तिका आधारमा बार काउन्सिलले म्याद जारी गरेर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बोर्ड बैठकले भने अधिवक्ता पोखरेललाई कारबाही गर्न अनुशासन समितिमा सिफारिस गरेको थियो ।

अनुशासन समितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र रदिसभक्त प्रधानांग सदस्य रहेका छन् ।

अधिवक्ता पोखरेलको स्पष्टीकरण आएपछि थप प्रमाण बुझ्ने वा कारवाही गर्ने भन्ने अनुशासन समितिले निर्णय गर्न सक्नेछ । बार काउन्सिलले नसिहत दिने, निलम्बन गर्ने वा प्रमाणपत्र नै रद्द गर्ने निर्णय गर्न सक्छ ।

अधिवक्ता पोखरेलमाथि न्यायाधीश कोइरालालाई दुई करोड रुपैयाँ घुस दिएर सहकारी ठगी मुद्दाका अभियुक्त इच्छाराज तामाङलाई धरौटीमा छुटाउन खोजेको आरोप लागेको छ । सोसम्बन्धी अडियो नै सार्वजनिक भएको थियो ।

पोखरेल नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्षसमेत हुन् ।