१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस बार्गेनिङ गर्ने वकिललाई स्पष्टीकरण सोधियो



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल बार काउन्सिलले सात दिनभित्र सो बारे जवाफ दिन भनेको छ ।

काउन्सिलको बुधबार बसेको बोर्ड बैठक र लगत्तै बसेको अनुशासन समितिको बैठकले उनलाई घुस बार्गेनिङ सम्बन्धमा स्पष्टीकरण दिन सात दिनको समय दिएको हो ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको अडियो सार्वजनिक भएपछि र नेपाल बार एसोसिएसनको विज्ञप्तिका आधारमा बार काउन्सिलले म्याद जारी गरेर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बोर्ड बैठकले भने अधिवक्ता पोखरेललाई कारबाही गर्न अनुशासन समितिमा सिफारिस गरेको थियो ।

अनुशासन समितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र रदिसभक्त प्रधानांग सदस्य रहेका छन् ।

अधिवक्ता पोखरेलको स्पष्टीकरण आएपछि थप प्रमाण बुझ्ने वा कारवाही गर्ने भन्ने अनुशासन समितिले निर्णय गर्न सक्नेछ । बार काउन्सिलले नसिहत दिने, निलम्बन गर्ने वा प्रमाणपत्र नै रद्द गर्ने निर्णय गर्न सक्छ ।

अधिवक्ता पोखरेलमाथि न्यायाधीश कोइरालालाई दुई करोड रुपैयाँ घुस दिएर सहकारी ठगी मुद्दाका अभियुक्त इच्छाराज तामाङलाई धरौटीमा छुटाउन खोजेको आरोप लागेको छ । सोसम्बन्धी अडियो नै सार्वजनिक भएको थियो ।

पोखरेल नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्षसमेत हुन् ।