३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

नेप्सेमा उच्च अङ्कको बृद्धि, नौ कम्पनीको शेयरमा सर्किट

नेप्सेमा उच्च अङ्कको बृद्धि, नौ कम्पनीको शेयरमा सर्किट
अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुगेको छ ।  यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ बिन्दुले बढेर ५४८.२९ मा पुगेको छ । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ  अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै ०.०५ बिन्दुले ओरालो लागेको छ । बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७२.५२, जलविद्युत् २१३.५४, वित्त ११४.९७, निर्जीवनबीमा ४२४.७७, उत्पादन २९९.६९, अन्य १८.२२, लघुवित्त ११३.६५, जीवन बीमा २९७.७१ र लगानी २.३५ बिन्दुले उकालो लागेको छ ।
 
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ४५ करोड ११ लाख १७ हजार २२९, अपि पावर कम्पनी रु ३१ करोड ५१ लाख ६४ हजार २३६, नेशनल हाइड्रोपावर रु २९ करोड ३४ लाख ७७ हजार २२३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २५ करोड ७२ लाख १३ हजार १७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नौ कम्पनीका शेयरमा सर्किट 

नेप्सेका अनुसार आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छयाङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भयो ।

यस्तै, सिटजन म्युचुअल फण्ड ३.५८, रैराङ हाइड्रोपावर २.२४, एनआइसि एशिया ग्रोथ फण्ड २.०५, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, एनआइसि एशिया फण्डका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार ८५८ बराबर पुगेको छ ।