• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

गठबन्धन बैठकः नागरिकता विधेयक अगाडि बढाइने



file

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रश्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो । उहाँले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भएपनि नागरिकता बिहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताउनु भयो । मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण भयो । सम्माननीय प्रधानमन्त्रीजीले नागरिकताको विधेयकलाई अगाडि बढाउने, प्रश्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक, तर उनीहरुका सन्तान नागरिकता बिहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नको निमित्त अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ । शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि छलफल केन्द्रित भएको छ । त्यसमा कानून मन्त्रीले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म भएका नियमनहरुको बारेमा बैठकमा प्रगति परिस्थितिको बारेमा प्रतिवेदन समीक्षाका साथ प्रश्तुत गर्नुभएको छ । मुलरुपले आज नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निस्कर्षमा पु¥याउने बारेमा छलफल केन्द्रित रहेको छ ।’

मन्त्री कार्कीले गठबन्धनको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको बताउनु भयो ।