२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन बैठकः नागरिकता विधेयक अगाडि बढाइने



file
अ+ अ-

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रश्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो । उहाँले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भएपनि नागरिकता बिहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताउनु भयो । मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण भयो । सम्माननीय प्रधानमन्त्रीजीले नागरिकताको विधेयकलाई अगाडि बढाउने, प्रश्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक, तर उनीहरुका सन्तान नागरिकता बिहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नको निमित्त अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ । शान्ति प्रक्रियालाई चाँडै निस्कर्षमा पु¥याउनका लागि छलफल केन्द्रित भएको छ । त्यसमा कानून मन्त्रीले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म भएका नियमनहरुको बारेमा बैठकमा प्रगति परिस्थितिको बारेमा प्रतिवेदन समीक्षाका साथ प्रश्तुत गर्नुभएको छ । मुलरुपले आज नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निस्कर्षमा पु¥याउने बारेमा छलफल केन्द्रित रहेको छ ।’

मन्त्री कार्कीले गठबन्धनको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको बताउनु भयो ।