१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि राहत



अ+ अ-

कर्णाली । प्राकृतिक प्रकोपमा परी क्षति भएका पशुपक्षीका लागि जुम्लामा रु आठ लाख राहत वितरण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको अध्यक्षमा मङ्गलबार बसेको जिल्लास्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त राहत कार्यविधिअनुसार क्षति भएका पशुपक्षीका लागि रु आठ लाख उपलब्ध गर्ने निर्णय भएको हो ।

बैठकमा पशुसेवा तथा पशु अस्पताल कार्यालय जुम्लाका कार्यालय प्रमुख गोविन्दबहादुर महतले चालु आर्थिक वर्ष २०७८/७९ मा गत साउनदेखि हालसम्म भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँले चालु आवको जेठ मसान्तसमम क्षति भई प्रहरीको मुचुल्काअनुसार पुष्टि भएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहत जानकारी दिनुभयो । कार्यालय प्रमुख महतका अनुसार राहत मापदण्डअनुसार कार्यालयलाई आएको रु नौ लाखमध्ये आठ लाख वितरण गर्नुपर्नेछ । रु एक लाख भने असार अन्तिमसम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ ।

“कार्यालय प्रमुख महतका अनुसार २०७८ कात्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी तातोपानी गाउँपालिका–७ का किसानका भेडाको क्षति भएको थियो,” उहाँले भन्नुभयो, “उक्त क्षति भने सङ्घीय सरकारले राहत दिने भएको छ । चालु आवको कात्तिक महिनामा ताम्ती क्षेत्रका नौजना किसानका १४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए ।”

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो भए पनि राहत उपलब्ध हुनु राम्रो भएको बताउनुभयो । उहाँले बैठकमा भएको निर्णयअनुसार चाँडै खातामा हाल्न कार्यालयलाई सुझाउनुभयो । गत आवमा भने पशु अस्पताल तथा पशुसेवा कार्यालयले रु १४ लाख राहत वितरण गरेको थियो ।




भर्खरै