२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि राहत



अ+ अ-

कर्णाली । प्राकृतिक प्रकोपमा परी क्षति भएका पशुपक्षीका लागि जुम्लामा रु आठ लाख राहत वितरण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको अध्यक्षमा मङ्गलबार बसेको जिल्लास्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त राहत कार्यविधिअनुसार क्षति भएका पशुपक्षीका लागि रु आठ लाख उपलब्ध गर्ने निर्णय भएको हो ।

बैठकमा पशुसेवा तथा पशु अस्पताल कार्यालय जुम्लाका कार्यालय प्रमुख गोविन्दबहादुर महतले चालु आर्थिक वर्ष २०७८/७९ मा गत साउनदेखि हालसम्म भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँले चालु आवको जेठ मसान्तसमम क्षति भई प्रहरीको मुचुल्काअनुसार पुष्टि भएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहत जानकारी दिनुभयो । कार्यालय प्रमुख महतका अनुसार राहत मापदण्डअनुसार कार्यालयलाई आएको रु नौ लाखमध्ये आठ लाख वितरण गर्नुपर्नेछ । रु एक लाख भने असार अन्तिमसम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ ।

“कार्यालय प्रमुख महतका अनुसार २०७८ कात्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी तातोपानी गाउँपालिका–७ का किसानका भेडाको क्षति भएको थियो,” उहाँले भन्नुभयो, “उक्त क्षति भने सङ्घीय सरकारले राहत दिने भएको छ । चालु आवको कात्तिक महिनामा ताम्ती क्षेत्रका नौजना किसानका १४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए ।”

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो भए पनि राहत उपलब्ध हुनु राम्रो भएको बताउनुभयो । उहाँले बैठकमा भएको निर्णयअनुसार चाँडै खातामा हाल्न कार्यालयलाई सुझाउनुभयो । गत आवमा भने पशु अस्पताल तथा पशुसेवा कार्यालयले रु १४ लाख राहत वितरण गरेको थियो ।