• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’

राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घट्योः अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ ।

मंगलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा शेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताउनु भयो । उहाँले पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताउनु भयो । अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हामीले विज्ञहरुसँग लिएको रायको आधारमा अहिले बजार घटेर शेयर लगानीकर्तालाई अफ्ठ्यारो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिमा शेयर धितोकर्जामा ४/१२ को नीतिको कारण हो जस्तो लाग्छ । विज्ञहरुले पनि त्यही भन्छन् । ४/१२ को नीतिको कारण मार्केटमा सेलर्स मार्केट क्रेट भयो । बाहेस मार्केट भएन भन्दा अहिले निरन्तर रुपमा बजार तल जानुमा प्रमुख कारण हो भन्ने कुरा आउँछ । अर्को १५० जोखिम भारित औषत छ ।’

अध्यक्ष हमालले विश्वका अन्य देशमा शेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् भएको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताउनु भयो । अध्यक्ष हमालले लगानीकर्ताको सबै मागहरु पूरा गर्न सम्भव नभएको पनि बताउनु भयो । लगानीकर्ताले उठाएका कतिपय माग बोर्डको अधिकार क्षेत्र बाहिरको भएको बताउनु भयो ।