२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय केन्पो असोज ८ गतेदेखि हुने



अ+ अ-

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।

विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।

अध्यक्ष पाण्डेले कोरोनो भाइरस (कोभिड– १९) का कारण सुस्त रहेको खेलकुद गतिविधिलाई अगाडि बढाउन र खुकुरी काता मार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिबृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने  छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।