७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिँने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

आईतबार काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले सो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै बर्गिकरण गर्ने व्यवस्था मिलाइने समेत बताउनु भयो । प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ती, स्थापना, विकास र संचालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी (ZERO WASTE) जिरो वेष्ट कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

मेयर साहले फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सोबाट उर्जा उत्पादनका लागि काठमाडौं महानगरपालिकालगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा वेष्ट टु इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने पनि बताउनु भयो । महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिने उल्लेख गर्दै उहाँले ती ठाउँहरुमा पार्क निर्माण गरिने बताउनु भयो ।

नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आईतबार ‘जनतासँग मेयर कार्यक्रम’ संचालन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ । त्यसैगरी महानगरपालिकाका सबै कार्यालयहरुमा सिसीटिभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने व्यवस्था मिलाइएको पनि मेयर साहले बताउनु भयो । महानगरपालिकामा हलुका सवारी साधनलाई व्यवस्थापन गर्नका लागि सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने, महानगरपालिकाको सेवालाई होम डेलिभरी सरकारको अवधारणा अनुसार अघि बढाइने नीति पनि अघि सारिएको छ ।

मेयर साहले कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरि परिचालन गरिने बताउनु भयो । महानगरभित्र घर जग्गा तथा जग्गा बहालमा लिने÷दिने कार्यलाई कम्पनीमार्फत् व्यवस्थित गर्न आवश्यक व्यवस्था मिलाउने, महानगरपालिकाको कर संकलनका लागि व्यवस्था गरेको अनलाईन प्रणालीलाई थप व्यवस्थित गरी सबै कर तथा गैर करलाई करदाताको पहुँचमा वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाउने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बाह्य विज्ञापन गर्ने स्थान एकीन गरी तोकिएको स्थान र साईजमा मात्र विज्ञापन सामग्री राख्ने व्यवस्था मिलाउने प्रबन्ध पनि नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले साविकमा रहेका विज्ञापन सामग्रीहरुलाई स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाउने पनि बताउनु भयो ।

काठमाडौं महानगरपालिकामा रहेको सवारी साधन पार्किङको समस्या समाधानका लागि एक अध्ययन टोली गठन गर्ने कुरा नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले सो अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक विधिबाट सवारी साधन पार्किङको व्यवस्थापन गरिने बताउनु भयो । बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिकाको वडा नम्बर ११ मा रहेको खुल्लामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कुरा पनि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । मेयर साहले फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न निश्चित स्थान र समय तोकि बजार व्यवस्थापन गर्ने बताउनु भयो ।

महानगरपालिकाले स्थानीय समूदायलाई करेसाबारी, कौसीबारी तथा भर्टिकल गार्डेनका लागि प्रोत्साहन गर्ने नीति पनि लिने भएको छ । महानगरबासीलाई सर्वशुलभ तबरले तरकारी, फलफूलहरुको आपूर्ति गर्ने व्यवस्थाका लागि शीत भण्डारको व्यवस्था गर्ने योजना पनि ल्याइएको मेयर साहको भनाई थियो । उहाँले महानगरपालिका भित्रिने खाद्य बस्तुको गुणस्तर परीक्षणको पनि व्यवस्था मिलाउने बताउनु भयो ।

काठमाडौं महानगरभित्र रहेका सबै शैक्षिक परामर्श केन्द्र र टयूशन कक्षा संचालन गर्ने संस्थाको नियमन पनि हुने भएको छ । महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो व्यवस्था गरिने उल्लेख गरिएको हो । त्यसैगरी दरबार हाईस्कुललाई राष्ट्रिय स्तरको नमूना विद्यालयको रुपमा संचालन गर्न आवश्यक प्रबन्ध गर्ने कुरा पनि उल्लेख गरिएको मेयर साहले जानकारी दिनु भयो । सामूदायिक विद्यालयहरुमा नियमित स्वास्थ्य परीक्षण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा आएको छ । आवासीय विद्यालयहरुमा कम्तिमा एक जना चिकित्सक र सम्भावित विपद् जोखिम न्यूनिकरण लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइने मेयर साहले बताउनु भयो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/06/बार्षिक-समिक्षा-बजेट-२०७९-१.pdf”]