
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ३० औं मिनेटमा बुकायो साकाले गरे ।
जितसँगै आर्सनल २८ खेलबाट ५४ अंकसहित तालिकाको चौंथो स्थानमा रहेको छ । पराजित एस्टन भिल्ला २९ खेलबाट ३६ अंकसहित नवौं स्थानमा छ ।