• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्यहरुको नोकझोक, प्रमलाई बोलाउनेबारे सदस्यहरुबीच बिमति



काठमाडौं । प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएको बिषयमा सदस्यहरुबीच नोकझोक भएको छ ।

प्रधानमन्त्रीलाई उपस्थित हुन पुनः पत्र पठाउने बिषयमा पत्रको आशय र मनासायका बिचमा सासंदहरु बीच विवाद भएको हो ।

बैठकमा समितिका सभापति पवित्रा खरेल निरौलाले समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाएर बदनाम गर्न नखोजिएको बताउनु भएको थियो ।

उहाँले भन्नुभयो ‘उहाँलाई हामीले अपमान गर्ने, उहाँलाई स्पष्टीकरण लिने, उहाँलाई बदनाम गर्ने, तुच्छ वचन बोल्ने त्यो होइन । हामी सम्मान गर्छौं, हिजो पनि हामीले प्रधानमन्त्री जुनसुकै पार्टीको सम्मान गरेका थियौं, आज पनि गर्छौं, भोलि पनि गर्छौं ।’

सभापति खरेलले एमसीसी जस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास गर्न खोजिएको त होइन भनेर प्रश्न उठेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा बोलाउनु परेको बताउनु भयो ।

उहाँँले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)का र प्रधानमन्त्रीको आसन्न अमेरिकाको भ्रमणसन्दर्भमा छलफल गर्न बोलाएपनि अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले उपस्थित हुन नसक्ने जानकारी प्राप्त भएको जानकारी गराउनु भयो ।