२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद न्यौपानेको प्रश्नः संस्कृतीमन्त्रीले संस्कार कस्तो सिकाउने हो, नैतिक जिम्मेवारी लिनुपर्दैन ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेबारे आएको समाचारप्रती ध्यानाकर्षण गराउँदै प्रश्न उठाएकी छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद न्यौपानेले मन्त्रीहरुले अनैतिक कार्यहरु गर्दा पनि सरकार मौन रहेको आरोप लगाएकी हुन् ।

‘संस्कृतीमन्त्रीले संस्कार कस्तो सिकाउने हो, उहाँले बोल्दै गर्दा कान थुन्नुपर्ने अवस्था सिर्जना भएको छ । अश्लील शब्द प्रयोग गर्दै कर्मचारीलाई हातपात गरेको समाचार मात्रै होइन अडियो समेत सार्वजनिक हुँदा पनि यो सरकार मौन रहन्छ ।’ उनले भनिन् ‘ उहाँले नैतिक जिम्मेवारी लिनुपर्ने होकी होइन ? सम्बन्धित पार्टी मौन छ, सरकार मौन छ । सरकारका मन्त्रीहरुलाई यस्तो अनैकित कार्य गर्न छुट हो ?’

यस्तै, सांसद न्यौपानेले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)बारे बहस चलिरहेको बेलामा प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै गर्दा प्रधानमन्त्रीले आफू कुन प्रयोजनका लागि भ्रमणमा जान लागेको भन्नेबारे जवाफ दिनुपर्ने बताइन् ।

उनले भनिन् ‘प्रतिपक्षका नेतालाई नै दोष दिने काम गरिएको छ । कुन मितिबाट एसपीपी अगाडि बढ्यो भन्नेबारे नेपाली जनताले थाहा पाउनेगरी संसदीय समिति बनोस्, छानबीन गरियोस् ।’