• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै ★   चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण ★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै

गोङ्गबुबाट संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ



प्रतीकात्मक तस्बिर

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।

गोंगबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारीएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ । उनीहरूलाई आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।