• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो

गोङ्गबुबाट संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ



प्रतीकात्मक तस्बिर

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् ।

गोंगबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारीएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ । उनीहरूलाई आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।