• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

संसदीय समितिले माग्यो एसपीपीबारे सरकारको निर्णय, आसन्न अमेरिका भ्रमणसम्बन्धमा प्रधानमन्त्रीलाई जवाफ दिन बोलाइयो



काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धमा औपचारिकरुपमा निर्णय पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले सरकारको निर्णय मौखिक नभई लिखित निर्णयका रुपमा आउनुपर्ने समेत निर्देशन दिएको छ । समितिका सभापति पवित्रा निरौला खरेलले एसपीपीका सन्दर्भमा अहिलेसम्म भएका पत्राचार तथा कागजातहरू एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको बैठकको निर्णय सुनाउनुभयो ।

त्यस्तै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे पनि प्रश्न उठेको भन्दै यही असार ५ गतेको बैठकमा सोसम्बन्धमा जवाफ दिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको छ ।

बैठकमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा परराष्ट्र सचिवको संयोजकत्वमा कार्यदल बनेको र त्यसले एसपीपीमा जाने भन्ने कुरा स्थगन गरेको भनिएको भन्दै सोबारे यथार्थ विवरण पेस गर्न समेत निर्देशन दिएको छ ।