२५ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी र एसपीपी दुवै परियोजना केपी ओलीको सरकारमा आएको: अध्यक्ष दाहाल



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले यो कार्यक्रममा एमसीसीजस्तो १२ बँुदा जारी गरेर पास गर्ने काम नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास ग¥यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।” एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उहाँले आरोप लगाउनुभयो ।

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले तत्काल गठबन्धन हेरफेर नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उहाँले अहिले पार्टीमा त्यस्तो नभएको बताउनुभयो ।




भर्खरै