१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स, इटाली र जर्मनीका नेताहरु किभ पुगे, युरोपको समर्थन युक्रेनलाई



फ्रान्स, जर्मनी र इटालीका नेताहरू किभ भ्रमणमा ।
अ+ अ-

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो, जर्मनीका चान्सलर ओलाफ शोल्ज र इटालीका प्रधानमन्त्री मारिओ ड्रागी युक्रेनको राजधानी किभ पुग्नु भएको छ ।

रुसको आक्रमणबाट आक्रान्त भइरहेको युक्रेनलाई आर्थिक, सैनिक तथा अन्य सहायता प्रदान गरिरहेका युरोपेली तीन देशका नेताहरु युक्रेनको वस्तुस्थिति बुझ्न युक्रेनको राजधानी किभ पुग्नु भएको हो ।

उहाँहरुले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग सामूहिक भेटवार्ता गर्नु हुनेछ । भेटका क्रममा उहाँहरुले युक्रेनलाई सहयोग र समर्थन गर्ने बताइएको छ ।

तीनै नेताहरु पोल्यान्डबाट रातीको रेलवे सेवा मार्फत किभ पुग्नु भएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपका ठूला देशहरु जर्मनी, फ्रान्स र इटालीले चाहेजति सहयोग नपाएको गुनासो गर्दै आउनु भएको थियो ।

रोयटर्स समाचार संस्थाका अनुसार, फ्रान्सेली राष्ट्रपति म्याँक्रोले आफूहरु ऐक्यबद्धता जनाउन किभ आइपुगेको प्रतिक्रिया दिनु भएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो किभमा । फोटोः एएफपी
इटालीका प्रधानमन्त्री मारियो ड्रागी किभमा ।
जर्मन चान्सलर शाेल्ज