१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

फ्रान्स, इटाली र जर्मनीका नेताहरु किभ पुगे, युरोपको समर्थन युक्रेनलाई

फ्रान्स, इटाली र जर्मनीका नेताहरु किभ पुगे, युरोपको समर्थन युक्रेनलाई
फ्रान्स, जर्मनी र इटालीका नेताहरू किभ भ्रमणमा ।
अ अ+ अ-

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो, जर्मनीका चान्सलर ओलाफ शोल्ज र इटालीका प्रधानमन्त्री मारिओ ड्रागी युक्रेनको राजधानी किभ पुग्नु भएको छ ।

रुसको आक्रमणबाट आक्रान्त भइरहेको युक्रेनलाई आर्थिक, सैनिक तथा अन्य सहायता प्रदान गरिरहेका युरोपेली तीन देशका नेताहरु युक्रेनको वस्तुस्थिति बुझ्न युक्रेनको राजधानी किभ पुग्नु भएको हो ।

उहाँहरुले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग सामूहिक भेटवार्ता गर्नु हुनेछ । भेटका क्रममा उहाँहरुले युक्रेनलाई सहयोग र समर्थन गर्ने बताइएको छ ।

तीनै नेताहरु पोल्यान्डबाट रातीको रेलवे सेवा मार्फत किभ पुग्नु भएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपका ठूला देशहरु जर्मनी, फ्रान्स र इटालीले चाहेजति सहयोग नपाएको गुनासो गर्दै आउनु भएको थियो ।

रोयटर्स समाचार संस्थाका अनुसार, फ्रान्सेली राष्ट्रपति म्याँक्रोले आफूहरु ऐक्यबद्धता जनाउन किभ आइपुगेको प्रतिक्रिया दिनु भएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो किभमा । फोटोः एएफपी

इटालीका प्रधानमन्त्री मारियो ड्रागी किभमा ।

जर्मन चान्सलर शाेल्ज