• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसंग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर 

मनाङमा पाठ्यपुस्तक फोटोकपी गरी वितरण



मनाङ । नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका छन् ।

जिल्लाका शिक्षकहरूले पाठ्यपुस्तकको विषयहरू डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीहरूलाई हेन्सआउट दिएर पठनपाठन गरिँदै आएको थियो । “ टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई पुस्तक पाएपछि विद्यार्थीहरूले सहजरूपमा पठनपाठन भएको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो ।

“पाठ्यपुस्तकको अभाव हटेपछि बालबालिका पनि खुसी र सहज पठनपाठनमा लागेका छन्, सरकारले बालबालिकाको भविष्यलाई असर पार्ने कार्यको अन्त्य गर्नतर्फ सचेत भए हुनेथियो”, उहाँले भन्नुभयो । पुस्तक आएपछि जिल्लाका विद्यार्थीको पठनपाठन सहज बनेको उहाँ बताउनुहुन्छ । विद्यार्थीहरू विद्यालय आए पनि पुस्तकबिनाको पठनपाठन र विद्यार्थीलाई बुझाउन पनि सहज बनाएको प्रअ कोइरालाले बताउनुभयो ।

सो विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक पाएपछि होमवर्क गर्दा हुने समस्या हटेको बताउनुहुन्छ । “शिक्षकले सिकाउँदा नुबुझेका कुराहरू किताब हेरेर पढ्न पाएको छ । किताब पाएपछि शिक्षकले दिएका होमवर्क सजिलो भएको छ”, उहाँँले भन्नुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपार्इँले नयाँ शैक्षिकसत्र लामो समयपछि बल्ल विद्यार्थीको हात–हातमा पुस्तक थमाउन पाएको बताउनुभयो । उहाँका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जेठको दोस्रो सातासम्म आङ्शिक पाठ्यपुस्तक मनाङ पठाएको थियो ।

“आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठनपाठन भएको थियो । अब सबै पाठ्यपुस्तक आएर विद्यार्थीसम्म पुर्याएका छौँ । विद्यार्थीहरू पनि हर्षित भएका छन्”, उहाँले भन्नुभयो । विकट क्षेत्रमा बाढीपहिराको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिकसत्र सुरु हुनुअगावै विद्यार्थीहरू अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।

शैक्षिकसत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको थियो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब डेढ महिना पाठ्यपुस्तक छपाइ गर्न समय लाग्ने भनेको थियो ।

सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन् । केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ ।