४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार राति कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको हो ।

खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले रातो कार्ड पाई मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २–० को अग्रता दिलाए । यस्तै, ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३–० को अवस्थामा ल्याए ।
५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४–० बनाए । खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५–० को बनाए ।

खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६–० को अवस्थामा पुर्याए । खेल सकिनै लाग्दा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७–० को सानदार जित दिलाए ।

हारसँगै समूह ए मा रहेको नेपालले अंक जोड्न नसकि प्रतियोगिताको अन्त्य गर्यो

नेपाल समूहको पुछारमा रह्यो । छनोटको पहिलो खेलमा जोर्डनसँग २(० ले पराजित बनेको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोलले पराजित बन्यो ।

अर्कोतर्फ, ३ खेलमा ६ अंक जोडेको इन्डोनेसिया दोस्रो स्थानमा रह्यो ।