• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी

मलेसिया जाने महिला क्रिकेट टिमको बिदाइ



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

मंगलबार मलेसिया जाने महिला टोलीलाई बिदाइ गरिएको हो । बिदाई समारोहमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल लगायत क्यानका पदाधिकारी उपस्थित थिए ।

च्याम्पियनसिपका लागि क्यानले सोमबार रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा गरिसकेको छ ।

च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । जुन समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

नेपाली टोलीमा कप्तान रुबिनासँगै उपकप्तान इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अपसरी बेगम, काजोल श्रेष्ठ र सबनम राई रहेका छन् ।