१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा कबड्डी–४ को प्रदर्शनमा रोक



अ+ अ-

काठमाडौँ । विवाद समाधान नहुन्जेलसम्मका लागि सिक्किम सरकारले कबड्डी–४ को प्रदर्शनमा रोक लगाएको छ । सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै कबड्डी–४ को प्रदर्शनमा रोक लगाइएको जानकारी दिएका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा उनले सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी–४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताए।

चलचित्रमा कलाकार दयाहाङ राईले निभाएको लामाको चरित्रले सम्पूर्ण लामाहरूको आस्थामा ठेस पुर्‍याएको भन्दै सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरूले कबड्डी–४ को प्रदर्शनमा रोक लगाउन पर्ने माग राख्दै आएका थिए ।

यही जेठ १३ गते नेपालमा रिलिज भएको कबड्डी–४ सिक्किमको राजधानी ग्यांगटोक र नाम्चीमा यही जेठ १७ गते प्रदर्शन गर्ने तयारी थियो । तर सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरूले कबड्डी–४ को प्रदर्शनमा रोक नलगाइए हलमा हुने तोडफोड र क्षतिको जिम्मेवारी आफूहरूले नलिने बताएका थिए ।

उनीहरुले पत्रकार सम्मेलन गरी दयाहाङ राईले निभाएको लामाको चरित्रले बुद्धिज्म र भिक्षुहरूमाथिको अन्याय भएको बताएका छन् । पत्रकार सम्मेलनमा बौद्ध भिक्षु ओन्डी पिन्टोले भने, “यसबारेमा सबैले आवाज उठाउनुपर्छ । नेपालमा पनि यो विवाद समाधान हुनुपर्छ।”