• १३ माघ २०७९, शुक्रबार
  •      Fri Jan 27 2023
Logo
Latest
★   रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा ★   स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा ★   रविको पक्षमा सर्वोच्च अगाडि प्रदर्शन गर्ने केही पक्राउ ★   नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, सांसद पद खारेज (पूर्णपाठ) ★   स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की ★   क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन् ★   सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था कडा पारियो ★   माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने ★   राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुने ★   उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स



काठमाडौं । नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् ।

सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रङ्ग पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुशी लागेको बताए । उनले गीत असाध्यै राम्रो भएकोसमेत बताए । उनले यो गीत नयाँपनको गीत भएको र नाच्ने र महशुस गर्ने किसिमको गीत भएको बताए । त्यस्तै नायिका पूजा शर्माले गीतको अभिनय फ्यानमाझ गर्न पाउँदा खुशी लागेको बताइन् । फ्यानहरुलाई फोटो खिच्नको लागि पर्याप्त समय दिन नसकेको भन्दै उनले आगामी दिनमा फ्यानहरुसँग बसेर फोटो खिच्ने पनि बताइन् । उनले फिल्ममा दार्जलिङको चिया बगानको संघर्ष पनि समेटिएको बताइन् ।

फिल्म जेठ ६ गतेबाट हलहरुमा चल्ने भनिएपनि विभिन्न कारण स्थगित भएको थियो । फिल्म आगामी असार ३१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र पूजाले मुख्य पात्रको भुमिका निर्वाह गरेका छन् । चलचित्रमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि मुख्य अभिनय रहेको छ । निमेष प्रधानले निर्देशन गरेको फिल्म दार्जलिङ, सिलगुढी र सिक्किमका रमणीय दृश्यहरुमा छायांकन भएको छ ।

निर्देशक प्रधानकै कथा/पटकथा रहेको रहेको चलचित्रको संवाद लेखनमा कलाकार शिशिर राणाले साथ दिएका छन् । शिव ढकालको छायांकन रहेको फिल्ममा राजन ईशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा किम्भेले सम्पादन गर्नुभएको छ ।