६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत- प्रदिपकुमार ज्ञवाली



file photo
अ+ अ-

काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताउनुभएको छ ।

सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकार बन्दैगर्दा नेपाली जनताको हित र राष्ट्रको हीतमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाउनु भयो । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि बताउनु भयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्ध विचलन आएको बताउनु भयो । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भयो । सरकार परिवर्तन गर्दा केन्द्रबिन्दुमा राख्नुपर्ने भनेको नेपालको हीत नेपाली जनताको हीत हो । तर सरकारको सोच कस्तो बनाइयो भने हाम्रो सरकार अरु देशहरुको लागि कम्फर्टेबल हुन्छ । कम्फर्टेबल बन्ने सोचबाट सरकारका कतिपय निर्णयहरु त्यो दिशातिरउन्मुख भएको देख्छु । त्यसकारण नेपालको परराष्ट्र सम्बन्धमा एक खालको विचलन देखेको छु । सरकारले शुरुमा नै परराष्ट्र सम्बन्धमा गल्ती गर्यो । नेपालको भारतसँग सीमा समस्या छ । सीमा सम्बन्धि कुनै सन्धि नै भारतसँग भएको छैन । अघिल्लो सरकारले सिङ्गो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्शा पास गर्यो । यो सरकारले कुटनीतिक तहबाट पहल गरेर भोगचलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम ग¥यो । सरकारले अध्ययन पनि गर्यो तर सदनलाई जानकारी गराएको छैन ।’

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाउनु भयो । उहाँले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्यााउने काम गर्नु उचित नभएको जिकिर गर्नुभयो । ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हीत र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, नेपाली काँग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो भन्ने जानकारी दिन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ सरकार कुनै छिमेकीलाई रिझाउने र कुनै छिमेकीलाई चिढ्याउनेतिर गइरहेको छ । यो उचित भएन । यसले हामीलाई समस्यामा पार्छ । विदेशी ऋण तथा अनुदान मेरिड बेस हुनुपर्छ । नेपालको हीतमा र राष्ट्रिय आवश्यकता अनुसार हुनुपर्छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षा मन्त्रीको हैसियतले हुन लागेको हो रु यो भन्दा अगाडि रक्षा मन्त्रीको अमेरिका भ्रमण गर्ने तालिका थियो । त्यो हो कि रु प्रधानमन्त्रीको हो रु यो पनि सदनले थाहा पाउनुप¥यो । विभिन्न सम्झौताहरु गर्ने कुराहरु सुनिएको छ । त्यो गम्भिर कुराहरुमा सम्झौता गर्ने हो भने एउटै स्वर बनाएर जानुपर्छ । नेपाली काँग्रेसको सभापति र गठबन्धनको प्रधानमन्त्रीको हैसियत नभएर मुलुकको प्रधानमन्त्रीको हैसियतले जाने हो ।’

त्यस्तै बैठकमा सांसद शेख चाँदताराले सरकारले गरेका अन्तर्राष्ट्रिय गतिविधिको विषय देखेर दिक्क लागेको बताउनु भयो । उहाँले प्रतिपक्ष दल भीम रावल एकजना मात्रै राष्ट्रवादी भएर नहुने बताउनु भयो । सांसद चाँदताराले सत्तापक्ष तथा सबै सांसदहरुले बोेल्नुपर्ने बेला आएको बताउनु भयो । देशमा अन्तर्राष्ट्रिय मुलुकबाट प्रतिनिधिहरु आउने तर समितिलाई जानकारी नहुने,समितिका सांसदहरु तलव र भत्ता खानलाई मात्रै नभएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण बारे समितिलाई लिखित रुपमा जानकारी दिन माग गर्नुभयो ।