१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत- प्रदिपकुमार ज्ञवाली

सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत- प्रदिपकुमार ज्ञवाली
file photo
अ अ+ अ-

काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताउनुभएको छ ।

सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकार बन्दैगर्दा नेपाली जनताको हित र राष्ट्रको हीतमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाउनु भयो । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि बताउनु भयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्ध विचलन आएको बताउनु भयो । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भयो । सरकार परिवर्तन गर्दा केन्द्रबिन्दुमा राख्नुपर्ने भनेको नेपालको हीत नेपाली जनताको हीत हो । तर सरकारको सोच कस्तो बनाइयो भने हाम्रो सरकार अरु देशहरुको लागि कम्फर्टेबल हुन्छ । कम्फर्टेबल बन्ने सोचबाट सरकारका कतिपय निर्णयहरु त्यो दिशातिरउन्मुख भएको देख्छु । त्यसकारण नेपालको परराष्ट्र सम्बन्धमा एक खालको विचलन देखेको छु । सरकारले शुरुमा नै परराष्ट्र सम्बन्धमा गल्ती गर्यो । नेपालको भारतसँग सीमा समस्या छ । सीमा सम्बन्धि कुनै सन्धि नै भारतसँग भएको छैन । अघिल्लो सरकारले सिङ्गो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्शा पास गर्यो । यो सरकारले कुटनीतिक तहबाट पहल गरेर भोगचलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम ग¥यो । सरकारले अध्ययन पनि गर्यो तर सदनलाई जानकारी गराएको छैन ।’

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाउनु भयो । उहाँले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्यााउने काम गर्नु उचित नभएको जिकिर गर्नुभयो । ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हीत र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, नेपाली काँग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो भन्ने जानकारी दिन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ सरकार कुनै छिमेकीलाई रिझाउने र कुनै छिमेकीलाई चिढ्याउनेतिर गइरहेको छ । यो उचित भएन । यसले हामीलाई समस्यामा पार्छ । विदेशी ऋण तथा अनुदान मेरिड बेस हुनुपर्छ । नेपालको हीतमा र राष्ट्रिय आवश्यकता अनुसार हुनुपर्छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षा मन्त्रीको हैसियतले हुन लागेको हो रु यो भन्दा अगाडि रक्षा मन्त्रीको अमेरिका भ्रमण गर्ने तालिका थियो । त्यो हो कि रु प्रधानमन्त्रीको हो रु यो पनि सदनले थाहा पाउनुप¥यो । विभिन्न सम्झौताहरु गर्ने कुराहरु सुनिएको छ । त्यो गम्भिर कुराहरुमा सम्झौता गर्ने हो भने एउटै स्वर बनाएर जानुपर्छ । नेपाली काँग्रेसको सभापति र गठबन्धनको प्रधानमन्त्रीको हैसियत नभएर मुलुकको प्रधानमन्त्रीको हैसियतले जाने हो ।’

त्यस्तै बैठकमा सांसद शेख चाँदताराले सरकारले गरेका अन्तर्राष्ट्रिय गतिविधिको विषय देखेर दिक्क लागेको बताउनु भयो । उहाँले प्रतिपक्ष दल भीम रावल एकजना मात्रै राष्ट्रवादी भएर नहुने बताउनु भयो । सांसद चाँदताराले सत्तापक्ष तथा सबै सांसदहरुले बोेल्नुपर्ने बेला आएको बताउनु भयो । देशमा अन्तर्राष्ट्रिय मुलुकबाट प्रतिनिधिहरु आउने तर समितिलाई जानकारी नहुने,समितिका सांसदहरु तलव र भत्ता खानलाई मात्रै नभएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण बारे समितिलाई लिखित रुपमा जानकारी दिन माग गर्नुभयो ।