३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ ।

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पूर्णकुमारी सुवेदी विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताउनुभएको थियो ।

उहाँले अर्गानिक खेती र अर्गानिक मल उद्योगको विषयमा कृषि समितिमा समेत आवाज उठेको स्मरण गराउँदै तत्कालीन समस्या भनेको जिटुजिमार्फत किसानको खेतमा मल पुग्ने वातावरण बनाउनु रहेको बताउनुभयो ।

एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्को मुलुकबाट आउने नाका पनि खुला गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शक्तिबहादुर बस्नेत मुलुकको विभिन्न परिस्थितिका कारण मुलुकमा सधैँ नै मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र नै महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले तत्कालका लागि सुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । टेन्डरदेखि नै कार्टेलिङ हुने गरेको जानकारी गराउँदै यो समस्या कृषि मन्त्रीबाटै पनि समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्रीस्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको बताउनुभयो ।

सांसद महेश बस्नेत फोहरलाई कम्पोष्ट मलका रुपमा रुपान्तरण गर्ने योजना ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नीतिगत सुधारदेखि मन्त्रीको व्यवहार सुधार हुनु जरुरी रहेको पनि बताउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलखाद दिनुपर्ने कुरा सदनमा पटकपटक उठाउँदै आएको भए पनि समस्या समाधान हुन नसकेको स्मरण गर्नुभयो ।