३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

नुन आयातको निर्णय उल्टिएपछि साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह

नुन आयातको निर्णय उल्टिएपछि साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह
अ+ अ-

काठमाडौं । अघिल्लो सरकारले नुन आयातको विषयमा गरेको नितिगत निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह छाएको छ । ४८ वर्षअघि स्थापना भइ निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नुन आयात गर्ने कामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निजी क्षेत्रलाई दिन खोजेको थियो । सरकारको यो कदमको चौतर्फी बिरोध भएपछि निर्णय प्रक्रिया धेरै अघि बढ्न सकेन । केही व्यापारिक समूहको स्वार्थले खेलेको भन्ने आरोप लाग्दै आएको छ । 

सरकार परिवर्तनसँगै अघिल्लो सरकारको निर्णय उल्टिएको छ । यो कुराको संकेत वर्तमान अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन मार्फत् गरिसक्नु भएको छ । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायव महाप्रवन्धक व्रजेश झाले नेपालीहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा यसवर्ष पनि नुनसहित विभिन्न खाद्यान्नमा विशेष छुट दिने बताउनुभयो । मन्त्रालयबाट पत्र आएपछि मात्रै सरकारले तोकेअनुसार नै नुनमा छुट दिने र अन्य खाद्यान्नमा कर्पोरेशनले सकेजति सहुलियत दिने बताउनुभयो । उहाँले कर्पोरेशनमा चिनीको स्टक नभएकोले यसको पनि तत्काल समस्या समाधान गरिने बताउनुभयो । प्रस्तुत छ नायव महाप्रवन्धक व्रजेश झासँग गरिएको कुराकानी ।

नुनको अहिले सुखद् चर्चा छ, काम गर्न पनि सजिलो भएको होला ? र नुनको अवस्था अहिले ठ्याक्कै कस्तो छ ?

निश्चय पनि सुखद् छ । नुन नेपालमा वार्षिक रुपमा २ लाख १५ हजार मेट्रिक्टनको हाराहामीमा खपथ छ,र हाम्रो आफ्नो स्रोत छैन, नेपाल भित्र नुनको कुनै पनि स्रोत छैन, हामी टोटल्ली (पूर्णरुपमा) कि त दक्षिण राष्ट्रसँग निर्भर छौँ, कही मात्रामा हामी तिब्बतबाट पनि नुन ल्याउँछौँ, उत्तरी नाकाबाट पनि नुन ल्याउँछौँ, आफ्नो स्रोत नभएको कारणले यसको आपूर्तिको व्यवस्थापन त्यति सजिलो छैन, जुनसुकै अवस्थामा पनि साल्ट ट्रडिङ्गले सहज सुलभ रुपमै नुनको आपूर्ति गर्दै आइरहेको छ, चाहे त्यो २०४५ सालको भारतकोसँगको टे«ड एण्ड ट्रान्जिट नभएको बेलाको होस्, नवीकरण नभएको बेला, वा ०४६ सालको जनआन्दोलनको बेला होस्,वा ०६३ को जनआन्दोलन होस्, वा पहिलो मधेश आन्दोलन होस्, भूकम्पले थलिएको बेला होस्,दोस्रो मधेश आन्दोलन र त्यो सँगसँगै अघोषित नाकाबन्दी, साल्ट ट्रेडिङ्गले कहिले पनि आफ्ना उपभोक्तालाई नेपाली दाजुभाईहरुलाई नुनको अभाव हुन दिइएन, त्यसमा हामी गर्व गर्दछौँ ।

वितरण कस्तो छ र कसरी गरिरहनुभएको छ ?

कर्पोरेशन आफैँ पनि गर्व गरिरहेको छ, हाम्रो ९३ वटा कार्यालय मार्फत् ६ हजार डिलर नेटवर्क छ, त्यस मार्फत् हामीले नेपालको प्रत्येक नागरिकको भान्सामा पुगेको छ, सायद मलाई लाग्छ, नेपालका सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा धेरै जनतासँग पहुँच बनाएको संस्था हामी मात्रै छौँ जस्तो लाग्छ ।

नुनको कारोवार, नुनकै आयात गरिरहँदा एक किसिमले विज्ञता पनि पाइसक्नुभयो, हामीले गर्ने वितरण प्रणाली र अरुले गर्ने वितरण प्रणालीमा के भिन्नता छ, के कारणले हामीलाई फरक बनाउँछ ?

नेपाल सरकारको स्वामित्व भएको संस्था हो, साल्ट ट्रडिङ्ग । नेपाल सरकार र नेपाल सरकारको स्वामित्व भएको दुई वटै गरेर शेयर करिव २१.२६ प्रतिशत जति छ, बाँकी जम्मै ७८.७६ प्रतिशत जति पब्लिकको शेयर छ । गभर्मेण्ट (सरकार) को पन शेयर भएको हिसावले हामीले कसैको लागि बढी पैसा लिने काम गर्न सक्दैनौँ, हाम्रो एउटा स्थिर मूल्य छ, सप्लाइमा कुनै पनि समस्या छैन, गुणस्तरमा जहिल्यै पनि हामीले उच्च गुणस्तरको नै दिएका छौँ, संस्थागत हिसावले गुणस्तरमा कुनैपनि बेला हामीले कम्परमाइज (कन्जुस्याँइ) गरेका छैनौँ, र सबैभन्दा ठूलो कुरा हामी ६ महिनाको न्यूनतम बफरस्टक हामीले जहिले पनि राखेका छौँ, बेलाबेलामा हामीसँग नेपाललाई १० महिना पुग्ने नुन पनि स्टकमा हुन्छ, जस्तै आषाढ मसान्तमा, असारपछि साउन र भदौमा वर्षाको समयमा नुन ल्याउन गाह्रो हुन्छ, ड्यामेज हुने चान्स बढी हुन्छ, असार मसान्तमा हामीसँगको स्टक हाइएस्ट हुन्छ, १०÷११ महिनासम्म पुग्ने स्टक पनि हुन्छ । न्यूनतमा स्टक पनि हामीसँग छ, मूल्यमा एकरुपता छ, यी कारणले गर्दा बजारको अवस्था यदी हेर्दा साल्ट ट्रडिङ्गले जसरी नुनको सर्भिस पुर्याइरहेको छ, त्यसरी कुनै अन्य वस्तुको सेवा उपलब्ध छैन नेपालीहरुको बीचमा । चाहे चामल हेर्नुहोस् वा चिनी । चिनी हामीसँग आजको डेट (मिति) मा कम छ, बजार मूल्य सय रुपैयाँ पुगिसकेको छ, साल्ट ट्रडिङ्गले मार्केट इन्टरभेन्टको काम समेत गर्दै आइरहेको हुन्छ, यो अर्थमा हामी अन्य व्यापारी भन्दा फरक छौँ ।

यसलाई अर्को पाटोबाट हेर्दा हामीसँग भएको वितरण क्षमता, भण्डारणको क्षमताले गर्दा हामीले गरिरहेको काम अरु कसैले गर्न सक्दैन भन्न मिल्छ होइन त ?

हामीले गरिहरेको काम निश्चय पनि यसरी गर्न सक्दैन, हामी दुर्गम क्षेत्र होस्, तराईका भूभाग होस्, वा शहरी इलाका होस्,हामीले कुनैपनि ठाउँमा हाम्रा नेटवर्क छोडेका छैनौँ, हामी पुगेका छौँ, नेपालको प्रत्येक बजारमा साल्ट ट्रडिङ्गको उपस्थिती छ, प्रत्येक उपभोक्ताको घरमा साल्ट ट्रडिङ्गको उपस्थिती छ, हामी हाम्रै गोदाम पनि लगभग १ लाख ७० हजार मेट्रिक्टन, क्यापासिटी (क्षमता) को छ, अधिराज्यव्यापी दिनुपर्ने हो भने, १ लाख ६९ हजार समथिङ्ग (लगभग) को छ । हामीले अन्य गोदामहरु पनि भाडामा लिएर लगभग सवा २ लाख मेट्रिक्टन क्षमताको गोदाम राखेका छौँ, यत्रो नेटवर्क कसैको छैन, त्यसै कारणले गर्दा पनि, जुन हिसावले सेवा पुर्याइरहेका छौँ, आम नेपाली उपभोक्ताहरुलाई अरुले सक्छन् जस्तो मलाई लाग्दैन ।

यति हुँदा हुँदै देशको राजनीतिसँगै यसको पनि आफ्नो उत्तारचढाव छन्, पछिल्ला केही निर्णयले पनि उत्तारचढाव बनाएको छ, अब त्यति मनोबल गिर्ने गरी दुःख नपाइएला नि ?

आश गरौँ, आश त जहिल्यै पोजेटिभ नै गर्नुपर्यो, हामी त सधैँ नेपाली जनतालाई गुणस्तरीय वस्तु उचित मूल्यमा सर्वसुलभ हुने हिसावले सेवा गर्न पाउने हामी चाहन्छौँ ।

नेपालीहरुको ठूलो चाड दशैँ नजिकिएको छ, सदाझैँ हामीले पनि सहुलियत दिने गरेका छौँ, अहिले के छ तयारी ?

यसवर्ष पनि मन्त्रालयबाट पत्र आएपछि हामी सहुलियत राख्छौँ, नुनमा नेपाल सरकारले भनेअनुसार छुट दिएर बिक्री गर्छौं,चिनीको स्टक हामीसँग छैन, हामीले खरिदको लागि धेरै अगाडिदेखि पहल गरिरहेको हो, चाँडै त्यसको पनि केही टुंगो लाग्ला,भन्ने विश्वास छ, अन्य हामीले कारोवार गर्ने गेडागुडी, चामल,दाल, मसला, तेल यिनीहरुमा हाम्रो आफ्नो हिसावले कति छुट दिन सकिन्छ, त्यो दिएर कारोवार गर्दछौँ ।