७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

रासायनिक मलको अभावमा उत्पादन घट्दै

रासायनिक मलको अभावमा उत्पादन घट्दै
फाईल फोटो
अ+ अ-

रामपुर । यहाँका बालीनालीमा समयमा नै रासायनिक मल दिन नसक्दा सप्रन सकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रन नपाएको कृषक दुर्गा आचार्य बताउनुहुन्छ ।

“कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो रु ४२) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रोपटक पुनःमल दिन नपाउँदा सुत्ला नै निस्कन सकेको छैन, अब उत्पादन लिन पाइएला भन्ने आशै भएन, खेती गरेर उत्पादन लिन नपाउँदा हामीलाई दुःख मात्रै भयो”, उहाँले भन्नुभयो ।

अर्का कृषक शारदा रेग्मीले मकैको बोट हुर्कंनै नसक्ने अवस्था भएपछि प्रतिकिलो रु ५० मा युरिया खरिद गरेर राख्नुभएको छ । मकैबालीमा विशेषगरी दुई पटक रासायनिक मल किसानले प्रयोग गर्दै आइरहेका छन् ।

कालोबजारीकै मुल्यमा भए पनि दोब्बर बढी मूल्य तिरेर किसानले मकै बालीमा राख्न बाध्य भएका छन् । “एकपटक त कालोबजारीकै भए पनि धेरै मूल्यमा मल खरिद गरियो तर अर्को पटक महँगो नै भए पनि किन्न खोज्दा बजारमा कतै पाएनौँ” रेग्मीले गुनासो गर्नुभयो ।

सहकारीमार्फत वितरण गर्ने युरिया मलको मूल्य प्रतिकिलो रु २० रहेको छ । कतिपय व्यापारीले मल अभावको मौका छोपेर कालोबजारीमा महँगो मूल्यमा बिक्री गर्दा किसान मर्कामा परिरहेका छन् ।

मकै बाली मात्रै नभएर व्यावसायिक पशुफार्म सञ्चालन गरेका किसान पनि मलको अभावमा मारमा परेका छन् । घाँसमा मल राख्न नपाउँदा पशु आहारमा समस्या परेको लक्ष्यधेनु उन्नत गाईफार्मका सञ्चालक गणेश आचार्यले गुनासो पोख्नुभयो ।

“ठूला पशुफार्म चलाएका व्यवसायीलाई उचित समयमा घाँसबालीमा मल दिन नपाउँदा पशु आहारमा सङ्कट परेको छ, महँगो मूल्यमा खरिद गरिएको दानाले मात्रै पशु आहार धान्नसक्ने अवस्था छैन, घाँस उत्पादन कम भएपछि पशु आहार कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ”, उहाँले भन्नुभयो ।

होलस्टिक गाईभैँसी फार्मका सञ्चालक विष्णुमाया खड्काले पशु आहारका लागि मात्रै करिब ४० रोपनी जग्गामा घाँस र मकै लगाउनुभएको छ । मलको समस्याले घाँस र मकै सप्रन नसक्दा पशु आहार कसरी धान्ने भन्ने चिन्ताको भारी थपिएको उहाँ बताउनुहुन्छ । घाँस राम्ररी सप्रन नपाउँदा यतिबेला ठूला पशुफार्म सञ्चालकलाई पशु आहार व्यवस्थापनमासमेत सकस परेको छ ।

भारतीय कम्पनीले नेपाललाई दिने भनेको मल ‘फास्ट्र ट्रयाक’मा ल्याउने सम्बन्धमा सरकार लागिरहेको र यसका लागि प्रक्रिया अगाडि बढेको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख सुमन पन्थीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “भारतीय कम्पनीमार्फत नेपाललाई आवश्यकपर्ने रासायनिक मल दिने कुरा भइरहेको छ तर कसरी आयात गर्ने भन्ने विषयमा निधो छैन, ‘फास्ट्र ट्र्याक’मा १५ दिनभित्र मल ल्याउन सकिन्छ ।”

उहाँका अनुसार पाल्पालाई आवश्यकपर्ने मल कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा, साल्टटे«डिङ कम्पनी रुपन्देहीमा जानकारी गराइएको छ । मकै बालीमा युरिया मलको अभाव परिपूर्ति गर्न प्राङ्गारिक मल प्रयोग गर्न सकिन्छ तर धान रोप्ने समयमा मल आइपुगेन भने ठूलो समस्या निम्तिने हुँदा किसानले जतिसक्दो चाँडो मल व्यवस्थापन गर्न अनुरोध गरिरहेका छन् ।

तीन महिनादेखि युरिया मलको अभाव सिर्जना भएको विजयपुर कृषि सहकारी संस्था रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । सहकारीमा दैनिकजसो किसानले मलका विषयमा गुनासो लिएर आउने गरेको र असारको दोस्रो हप्तासम्म मल आइपुग्ने आश्वासन पाएको उहाँ बताउनुहुन्छ ।

पाल्पामा ५३ वटा संस्थाले अनुमति लिएर रासायनिक मलको कारोबार गरिरहेका छन् । जिल्लामा हरेक वर्ष मलको खपत बढ्दै गएको पाइएको छ । आजभन्दा पाँच वर्षअघि वार्षिक एक हजार मेट्रिकटन मल खपत हुने गरेकोमा गत वर्ष दुई हजार मेट्रिकटन खपत भएको पाइएको छ ।

रासायनिक मलको प्रयोगले बर्सेनि माटोको उर्वराशक्ति घट्दै जाँदा मलको प्रयोग बढिरहेको छ । किसानले पनि अन्धाधुन्ध तरिकाले खेतबारीमा बालीनालीलाई चाहिनेभन्दा बढी मल प्रयोग गरेकाले खेतीयोग्य जमिन घटे पनि बर्सेनि मलको खपत बढ्दै गएको हो ।

स्थानीय समितिको सिफारिसबिना सहकारीले रासायनिक मलको कारोबार गर्न पाउँदैनन् । पालिका उपप्रमुखको संयोजकत्वमा समिति रहनेछ । सो समितिले छनोट गरेको कृषि सहकारीलाई मल वितरणका लागि अनुमति दिइन्छ ।

हरेक स्थानीय तहमा एक वडा एक कृषि सहकारीलाई मल बिक्रीवितरण गर्ने अनुमति दिइएको छ । यदि कृषि सहकारी संस्था नै नभएका ठाउँमा बचत तथा ऋण सहकारीलाई पालिकाले मल खरिद बिक्रीको अनुमति दिन सक्नेछ ।

कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले समयमा नै मल राख्न नपाएपछि यस वर्ष जिल्लामा मकै बालीको उत्पादन घट्ने अनुमान गरिएको बताउनुहुन्छ ।

कृषि व्यवसायमा उत्साहका साथ खेती गरेका किसान बोटबिरुवालाई उपयुक्त समयमा मलको प्रयोग गर्न नपाउँदा निराश बनेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । रासस