• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु ★   च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै ★   सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी ★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

भारतमा आठ हजार ५८२ नयाँ सङ्क्रमित



नयाँ दिल्ली । भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको ०.०६ प्रतिशत भएको जनाइएको छ ।

शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ ।

कोरोना महामारीको कारण भारतमाा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन् । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।