• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज



काठमाडौं । पोर्चुगिज एवं म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ ।

अमेरिकी न्यायाधिश जेनिफर डोर्सीले रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेको हो ।

अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले मायोर्गाले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

तर मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै खारेज गरिएको हो । रोनाल्डोले भने बलात्कारको आरोप झुटो बताउँदै आईरहेका छन् ।