८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

विप्लवको पार्टीले भोलि नेपालस्थित् एमसीसीको मुख्यालय घेर्ने

विप्लवको पार्टीले भोलि नेपालस्थित् एमसीसीको मुख्यालय घेर्ने
अ+ अ-

काठमाडौं, २८ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तिव्रता दिने घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आजमात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरु सो समितिमा प्रवेश गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण तोलाङ्गेको नेतृत्वमा ५७ जना माओवादी तथा मजदुर आन्दोलनका अगुवाहरु समितिमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरुमा हिराकुमारी शाही ‘विकल’, मनोज दवाडी, हरि भुजेल, गोविन्द थापा, उद्धव परियार शक्ति, निरकुमार भुजेल, लक्ष्मी अधिकारी, विन्दा थापा, सुरेन्द्र भट्टराई, सुदर्शन, शम्भु प्रसाद निरौला, समुन्द्र खड्का, कुमार, भरतलगायत रहेका छन् ।

समितिले आगामी एक साताभित्र चार/पाँच सयको हाराहारीमा मजदुर आन्दोलनका विभिन्न पार्टीमा सक्रिय अगुवाहरुलाई आफ्नो संगठनमा प्रवेश गराउने जनाएको छ । समितिले ‘श्रमिक तथा उत्पीडित जनता एकजुट हौं, माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दाबाद, एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने मुल नारा बोकेको छ । सोही नाराअनुसार ध्रुवीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले विश्व आज ध्रुविकरणतर्फ अघि बढेको सुनाए । उनले विश्व गृहयुद्ध र आन्दोलनमा होम्मिने अवस्थामा रहेको पनि चित्रण गरे ।

उनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होईन ? भन्ने खतरा पनि औंल्याए । उनले भने,‘हाम्रो देशमा एमसिसी भित्रिसकेपछि अमेरिकि सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होईन ? आज यो खतरा पैदा भएको छ ।’

पुनले अमेरिकी साम्राज्यवादको विरुद्धमा आफूहरुले संघर्षको कार्यक्रम सुरु गरेको उल्लेख गर्दै सोहीअन्तगर्तत भोलि (आइतबार) दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने पनि जनाए ।

आफूहरु राज्यसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको स्मरण गराउँदै पुनले अहिलेपनि सहमति पालनामा सरकार उदासिन देखिएको गुनासो पोखे । उनले भने,‘राज्यले अझैपनि हाम्रा जेलमा रहेका साथीहरुलाई रिहाई गरेको छैन्, कतै अझैपनि राज्यले युद्ध त चाहेको छैन्, यदि यस्तै चाहेको हो भने हामी त्यो बाटो अपनाउन पनि तयार छौं ।’

उनले आफ्नो पार्टी संसद्वादी राज्यव्यवस्थाको विरोधमा रहेको बताएँदै उक्त व्यवस्थालाई परास्त गर्न सही राजनीतिक दर्शनसहितको कार्यदिशा र कार्यनीति आफ्नो पार्टीले अवलम्बन गरेकोले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने जनाए ।

त्यस्तै, अर्का वक्ता हिरा शाहीले भने प्रेस विज्ञप्ती वाचन गरेका थिए । उनले पनि मुलुकको राजनीतकि अवस्था जर्जर रहेको उल्लेख गरे । जनता दैनिक महँगीको मारमा परेको उनले उल्लेख गरे । उनले पनि वैज्ञानिक समाजवाद आजको आवश्यकत्ता भन्दै त्यसको स्थापनार्थ सबै क्रान्तिकारी विचार बोक्नेहरु गोलबन्द हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, नारायण तोलाङ्गेले संसदीय व्यवस्था दलालहरुको हितमा रहेको भन्दै विप्लवको नेतृत्वमा रहेको नेकपाले मात्रै मुलुकको हितको लागि काम गर्ने सुनाए । उनले विप्लवलाई र उनले नेतृत्वको गरेको नेकपाले मात्रै क्रान्ति सफल रुपमा सम्पन्न गर्ने जिकिर गरे ।

त्यस्तै, अर्का वक्ता डिल्ली वलीले अब पार्टी र संगठनले मजदुरका अधिकारहरुलाई मध्येनजर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले आज मजदुरहरुलाई बोल्न पाउने अधिकारबाट बञ्चित गरेको गुनासो पोखे ।

वर्तमान दलाल पुँजीवादी राज्य व्यवस्थालाई विस्थापन गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने बिषयले मात्र आजको राजनीतिको सही निकास र बिकल्प खडा गर्नसक्ने उनको भनाई छ ।

उनले अब नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशाबाट ध्रुवीकरण गर्न र सही दर्शन, राजनीति, नीति र कार्यनीतिसहितको कार्यदिशाको आधारमा गोलबन्द हुँदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियान सफल हुने भन्दै विभिन्न स्थान र अवस्थामा छरिएर रहेकाहरुलाई गोलबन्दको लागि आह्वानसमेत गरे ।