७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकमा पहिराेसँगै झरेका यात्रुका पीडा…



अ+ अ-

काठमाडौं । वर्षातको सिजन । अझ वर्षा भित्रिएसँगै सडक अवरुद्ध त नै हुन्छ नै । यसको सबैभन्दा ठूलो चपेटामा पर्ने गर्छ नारायणगढ–मुग्लिन सडक । केही वर्षयतादेखि त्यो पहाड बग्न थालेपछि वर्षात्को सिजनमा नारायणगढ–मुग्लिन सडकको यो समस्या नियमित आकस्मिकताजस्तै भएको छ ।

नारायणगढबाट सामान्य अवस्थामा काठमाडौं आउन ४ देखि ५ घण्टा लाग्छ । यही समयको चाँजो गरेर हिँड्छन् यात्रुहरु पनि । तर यो सडकको बीचमा आइपर्ने भवितव्यको हिसाब गर्दा समय महंगो पर्न जान्छ । पहिरोको छेकोमा परेका मानिसका पीडाहरुको असरल्ल प्रदर्शनीले भोग्नेलाई पोल्छ अनि देख्नेलाई झन् पोल्छ । बिचमा आईपर्ने भवितव्य त कस्लाई थाहा हुन्छ र ? तर यो सडकखण्डको नियमित आकस्मिकताले अब यो स्थायी पीडा जस्तै बन्न पुगेको छ भन्दा पनि हुन्छ ।

निरन्तरको झरीले बिहिबार रातीदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिराले अवरुद्ध पार्यो । आ–आफनो गन्तव्यमा पुग्न निस्केका यात्रुहरु बाटोमै अलपत्र परे । त्रिशुली नदिको किनार तर चारैतिरको पहाडको खोँचमा बाटो । यसैकारण उखरमाउलो गर्मी । यसमा झन् लामो समयको कुराइपछिको भोक र थकानको त झन् हिसाब गर्नै कठिन ।

विभिन्न स्वर र झाँकीमा पोखिन्छन् यात्रुका पीडा । अनि पहिल्यै झोकमा पर्छन् राजनीतिक दलका नेता । नेताले देश बिगारे, एउटा बाटो त बनाउन नसक्नेले देश कसरी बनाउन् ? यो बाटो यस्तो हुन्छ भन्ने थाहा हुदाहुदै हिउँदमा नेताहरु चुप लागेर बस्छन् आदि आदि यात्रुका आवाज ।

अनि यस्तैमा पर्छन् सर्जकका आँखा र सृजना पनि । सायद झन् फुर्छ होला आँशु, आक्रोस र पीडामा  सृजना । शुक्रबार बिहान नारायणगढबाट काठमाडौंको यात्रमा निस्कनुभएका चित्रकार ईसान परियारलाई सडकमा देखिएको र भोगेको सास्तीलाई सृजना गर्ने समय बन्यो ।

सडकमा बाध्यताले रोकिएका सबारी साधन र यात्रुको हैरानी र दुःखलाई सुन्दर कृतिमा उतार्नुभयो । उहाँले न्यूजपोलारसँग भन्नुभयो  ‘बिहान ६ बजे नारायणगढबाट हिडेको ११ घण्टामा बल्ल मुग्लिङ आईयो । अझ कुरिनटारसम्म त जाम नै छ । आधा घण्टाको बाटो पार गर्न ११ घण्टा लाग्यो ।’

सडकमा पहिरोसँगै यात्रुका पीडा पोखिएको देखेपछि त्यो भावचित्र नै प्रस्तुति हुन पुग्यो । थप उहाँकै शब्दमा चित्रमा ।