५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकमा पहिराेसँगै झरेका यात्रुका पीडा…



अ+ अ-

काठमाडौं । वर्षातको सिजन । अझ वर्षा भित्रिएसँगै सडक अवरुद्ध त नै हुन्छ नै । यसको सबैभन्दा ठूलो चपेटामा पर्ने गर्छ नारायणगढ–मुग्लिन सडक । केही वर्षयतादेखि त्यो पहाड बग्न थालेपछि वर्षात्को सिजनमा नारायणगढ–मुग्लिन सडकको यो समस्या नियमित आकस्मिकताजस्तै भएको छ ।

नारायणगढबाट सामान्य अवस्थामा काठमाडौं आउन ४ देखि ५ घण्टा लाग्छ । यही समयको चाँजो गरेर हिँड्छन् यात्रुहरु पनि । तर यो सडकको बीचमा आइपर्ने भवितव्यको हिसाब गर्दा समय महंगो पर्न जान्छ । पहिरोको छेकोमा परेका मानिसका पीडाहरुको असरल्ल प्रदर्शनीले भोग्नेलाई पोल्छ अनि देख्नेलाई झन् पोल्छ । बिचमा आईपर्ने भवितव्य त कस्लाई थाहा हुन्छ र ? तर यो सडकखण्डको नियमित आकस्मिकताले अब यो स्थायी पीडा जस्तै बन्न पुगेको छ भन्दा पनि हुन्छ ।

निरन्तरको झरीले बिहिबार रातीदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिराले अवरुद्ध पार्यो । आ–आफनो गन्तव्यमा पुग्न निस्केका यात्रुहरु बाटोमै अलपत्र परे । त्रिशुली नदिको किनार तर चारैतिरको पहाडको खोँचमा बाटो । यसैकारण उखरमाउलो गर्मी । यसमा झन् लामो समयको कुराइपछिको भोक र थकानको त झन् हिसाब गर्नै कठिन ।

विभिन्न स्वर र झाँकीमा पोखिन्छन् यात्रुका पीडा । अनि पहिल्यै झोकमा पर्छन् राजनीतिक दलका नेता । नेताले देश बिगारे, एउटा बाटो त बनाउन नसक्नेले देश कसरी बनाउन् ? यो बाटो यस्तो हुन्छ भन्ने थाहा हुदाहुदै हिउँदमा नेताहरु चुप लागेर बस्छन् आदि आदि यात्रुका आवाज ।

अनि यस्तैमा पर्छन् सर्जकका आँखा र सृजना पनि । सायद झन् फुर्छ होला आँशु, आक्रोस र पीडामा  सृजना । शुक्रबार बिहान नारायणगढबाट काठमाडौंको यात्रमा निस्कनुभएका चित्रकार ईसान परियारलाई सडकमा देखिएको र भोगेको सास्तीलाई सृजना गर्ने समय बन्यो ।

सडकमा बाध्यताले रोकिएका सबारी साधन र यात्रुको हैरानी र दुःखलाई सुन्दर कृतिमा उतार्नुभयो । उहाँले न्यूजपोलारसँग भन्नुभयो  ‘बिहान ६ बजे नारायणगढबाट हिडेको ११ घण्टामा बल्ल मुग्लिङ आईयो । अझ कुरिनटारसम्म त जाम नै छ । आधा घण्टाको बाटो पार गर्न ११ घण्टा लाग्यो ।’

सडकमा पहिरोसँगै यात्रुका पीडा पोखिएको देखेपछि त्यो भावचित्र नै प्रस्तुति हुन पुग्यो । थप उहाँकै शब्दमा चित्रमा ।