१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. भट्टराई



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन हुनुभएको छ । शनिबार चितवनको सौराहमा सम्पन्न सङ्घको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतरूपमा डा. भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणि बाँस्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा दुर्गाप्रसाद गौतम र देवेन्द्रप्रसाद चौलागाईँ, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवमा शोभा कोइराला, शोभाकान्त बस्याल, विक्रम लिम्बू चेम्जोङ र प्रेम बस्नेत रहनुभएको छ । अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भीमलाल पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले अबको युग निर्माणको भएकाले उद्योगी व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिको यात्रामा पूँजीको विकास गर्नुपर्छ, त्यसका लागि उद्योगीहरूको भूमिका महत्वपूर्ण रहन्छ ।”

साधारणसभामा अध्यक्ष डा. भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव ईश्वरबहादुर गुरुङले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन पारित भएको छ । विसं २०७० मा स्थापना भएको नेपाल उद्योग सङ्घ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घअन्तर्गतको संस्था हो