१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स

उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. भट्टराई

उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. भट्टराई
अ अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन हुनुभएको छ । शनिबार चितवनको सौराहमा सम्पन्न सङ्घको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतरूपमा डा. भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणि बाँस्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा दुर्गाप्रसाद गौतम र देवेन्द्रप्रसाद चौलागाईँ, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवमा शोभा कोइराला, शोभाकान्त बस्याल, विक्रम लिम्बू चेम्जोङ र प्रेम बस्नेत रहनुभएको छ । अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भीमलाल पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले अबको युग निर्माणको भएकाले उद्योगी व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिको यात्रामा पूँजीको विकास गर्नुपर्छ, त्यसका लागि उद्योगीहरूको भूमिका महत्वपूर्ण रहन्छ ।”

साधारणसभामा अध्यक्ष डा. भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव ईश्वरबहादुर गुरुङले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन पारित भएको छ । विसं २०७० मा स्थापना भएको नेपाल उद्योग सङ्घ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घअन्तर्गतको संस्था हो