२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको लोकप्रियता कम भएपनि चुनाव जित्ने पुटिनको दाबी



अ+ अ-

मस्को । रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण गरेका हुन् । उनले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना गरेका थिए । 

वर्तमान रुसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्टीमाथि उनले तिब्र आक्रोश जनाएका छन् । त्यसलगत्तै नाभाल्नीको पार्टीका देशभरका राजनीतिक कार्यालयहरु तोडफोड गरियो । युनाइटेड रसिया पार्टीलाई बहुमत जनताको समर्थन रहेको दाबी गरे पनि यस पार्टीप्रति आम जनताको समर्थन खस्कदै गएपछि सत्तारुढ नेताहरुलाई टाउको दुखाई भएको छ । 

आफ्नो छविमा सुधार ल्याउन राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा लोकप्रिय मन्त्रीहरु – विदेश मन्त्री सर्गेई लाभरोभ र रक्षा मन्त्री सेर्गेई शोइगुलाई पार्टीे अभियानको नेतृत्व गर्ने जिम्मा दिएका छन् । सर्वेक्षणहरुले यस पटकको संसदीय निर्वाचनमा ३० प्रतिशतभन्दा कम मात्र मतदान हुने देखाएका छन् ।