३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख आइपुगे काठमाडौँ



अ+ अ-

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

नयाँ दिल्लीहुँदै उनी मध्याह्न १२ बजे अमेरिकी सेनाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।

नेपाली सेनाका अनुसार भोलि शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने छन् । शुक्रबार नै प्रधानसेनापति शर्माले सैनिक जनरलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।

नेपाल भ्रमणका क्रममा सैनिक जनरल फ्लिन शनिबार माउन्टेन फ्लाइटबाट सगरमाथा आधार शिविर भ्रमण गर्ने र सोलुखुम्बुको नाम्चे बजारमाथि रहेको एभरेष्ट भ्यू होटलमा दिवाभोज गर्ने कार्यक्रम छ ।

सैनिक जनरल फ्लिनको आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।