१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीको गतिरोध समाधान गर्न केन्द्रीय सदस्य दिपक उप्रेतीको आह्वान



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य दिपक उप्रेतीले पार्टीमा देखिएको वर्तमान गतिरोधलाई निकास दिन र समाधानको बाटो पहिल्याउन पहिलो चरणमा सबै साथीहरू अनौपचारिक छलफलको लागि एकै ठाउँमा बस्नु उपयुक्त हुने बताउनुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को अत्यन्त निराशाजनक नतिजाको पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले केही अपिलसहित अध्यक्षको पदबाट राजीनामा दिएको अवस्थामा त्यस्तो छलफलको आवश्यकता रहेको  केन्द्रीय सदस्यहरूलाई पठाएकाे इमेलमा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालयका व्यवस्थापन प्रमुखसमेत रहनुभएका उप्रेतीले पार्टीबाट बाहिरिएका डा. सूर्यराज आचार्य, मुमाराम खनाल, गोविन्द नारायणलगायत, पछिल्लो एकीकरणबाट असन्तुष्ट रही कर्मा तामाङ नेतृत्वको नेपाल विवेकशील पार्टी, विचारभन्दा माथि दस्तावेज अस्वीकार गर्ने मिलन पाण्डेसहितको समूह, पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई राप्रपासँग एकीकरण गर्न लाग्यो भन्ने आरोपसहित निर्वाचन आयोगमा अध्यक्षलाई कारबाही गर्न पुगेको समूह र पार्टी अध्यक्षको साथमा रहेको संस्थापक पक्षमा विभक्त कुनै पनि समूहले बैठक बोलाउँदा सबै पक्षलाई सर्वस्वीकार्य हुने अवस्था नरहेको बताउनुभएको छ ।

उहाँले अनौपचारिक छलफलबाट पार्टीले भदौ २ गते अगावै महाधिवेशन गरिसक्नु पर्ने बाध्यात्मक अवस्था रहेको कारण अध्यक्ष चुन्ने भन्दा पनि पार्टीभित्र सर्वस्वीकार्य हुने केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र महाधिवेशन आयोजक समितिको प्रमुख नै महाधिवेशनसम्मको लागि कार्यवाहक अध्यक्ष रहने गरी सहमतिमा पुग्न आवश्यक रहेको इमेलमा उल्लेख गर्नुभएको छ ।

छलफलले महाधिवेशनको विधि प्रक्रियाबारे मोटामोटी सैद्धान्तिक सहमति जुटाउने, सबै पक्षलाई मिलाउनका लागि पार्टीभित्र रहेका दुवै पक्षको प्रतिनिधित्व हुने गरि एउटा वार्ता समिति गठनको लागि छलफल गरी सहमतिमा पुग्ने पनि उहाँले सुझाव दिनुभएको छ ।

छलफलले पार्टी अध्यक्षले पदबाट राजीनामा गरिसकेको अवस्थामा उहाँ विरुद्धको उजुरीको औचित्य के रहने, यस विषयमा छलफल गरी सहमतिमा पुग्ने र पार्टी अध्यक्षको विशेष योगदान पार्टीको आर्थिक पाटोलाई कसरी अगाडि बढाउने हो भन्नेबारेमा पनि छलफल गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यसैबीच लामो समयसम्म नेतृत्वविहीन विवेकशील साझा पार्टीलाई यथाशीघ्र केन्द्रीय सदस्यहरुको बैठक बसी नेतृत्व चयन गरी निकास दिन र पार्टीलाई गतिशील बनाउन विलम्ब भएको भन्दै पार्टीका तहगत जिम्मेवारीमा रहेका  केही  सदस्यले पार्टी मुख्यालयमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उनीहरुले सम्पूर्ण केन्द्रीय समितिलाई यथाशीघ्र बैठक बोलाई नेतृत्व चयनका लागि महाधिवेशनको मिति तोक्न पनि माग गरेका छन् ।

उनीहरुले आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै क्रमशः ज्ञापनपत्र दिने, हस्ताक्षर संकलन अभियान गर्ने र रिले अनशन बस्ने बताएका छन् ।

यसरी माग गर्ने सदस्यहरुमा महेन्द्रसेन ठकुरी, चोकराज घिमिरे, वसन्त तामाङ, सितल भुसाल, उमेशकुमार भट्टराई, हरि भण्डारी र टंक रेग्मीलगायत रहेका छन् ।