९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कभी इद कभी दिवाली’ को सेटमा सुरक्षा व्यवस्था कडा पारियो



अ+ अ-

एजेन्सी । हालै बलिउड अभिनेता सलमान खानका पिता सलीम खानलाई ज्यान मार्ने धम्कीको पत्र आएको थियो । उक्त पत्रमा ‘सिद्धु मुसेवालाजस्तो अवस्था’ गर्ने चर्चा थियो ।

पत्र पाएपछि मुम्बई प्रहरीले सुरक्षा कारबाही बढाएको छ । अभिनेताको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै, सलमानको सुरक्षा पनि कडा पारिएको छ ।

अभिनेता हाल हैदराबादमा आफ्नो आगामी फिल्म ‘कभी ईद कभी दिवाली’ (जसको नाम बदलेर ‘भाइजान’ राखिएको छ) को सुटिङमा व्यस्त छन् ।

मिडिया रिपोर्टका अनुसार ‘कभी ईद कभी दिवाली’ को सेटमा सुरक्षा व्यवस्था तीन गुणा बढाइएको छ । जताततै छानबिन भइरहेको छ । प्रत्येक सदस्य प्रवेश र बाहिर जाँदा स्क्रीनिंग गरिन्छ । चाहे त्यो जो सुकै होस् । सलमान खान आगामी २५ दिनसम्म हैदराबादमा फिल्मको शुटिङ गर्दैछन्, जसमा उनी अभिनेत्री पूजा हेगडेसँग देखिनेछन् ।