२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कभी इद कभी दिवाली’ को सेटमा सुरक्षा व्यवस्था कडा पारियो



अ+ अ-

एजेन्सी । हालै बलिउड अभिनेता सलमान खानका पिता सलीम खानलाई ज्यान मार्ने धम्कीको पत्र आएको थियो । उक्त पत्रमा ‘सिद्धु मुसेवालाजस्तो अवस्था’ गर्ने चर्चा थियो ।

पत्र पाएपछि मुम्बई प्रहरीले सुरक्षा कारबाही बढाएको छ । अभिनेताको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै, सलमानको सुरक्षा पनि कडा पारिएको छ ।

अभिनेता हाल हैदराबादमा आफ्नो आगामी फिल्म ‘कभी ईद कभी दिवाली’ (जसको नाम बदलेर ‘भाइजान’ राखिएको छ) को सुटिङमा व्यस्त छन् ।

मिडिया रिपोर्टका अनुसार ‘कभी ईद कभी दिवाली’ को सेटमा सुरक्षा व्यवस्था तीन गुणा बढाइएको छ । जताततै छानबिन भइरहेको छ । प्रत्येक सदस्य प्रवेश र बाहिर जाँदा स्क्रीनिंग गरिन्छ । चाहे त्यो जो सुकै होस् । सलमान खान आगामी २५ दिनसम्म हैदराबादमा फिल्मको शुटिङ गर्दैछन्, जसमा उनी अभिनेत्री पूजा हेगडेसँग देखिनेछन् ।