३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह



अ+ अ-

संयुक्त राष्टसङ्घ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो ।
सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो आग्रह गर्नुभएको हो ।

उहाँले सोमालियमा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै यहाँका सयौँ हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताउनुभएको हो ।

निकै लामो समयदेखि हिंसामा फसेको यस देशमा यो वर्षको सुरुदेखि नै भोकमरी सुरु भएको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ– अहिले नै सोमालियाका लागि केही नगर्ने हो भने यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्, त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ ।

सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ । यहाँ अहिले केही वर्षयता देखि खडेरी आदि समस्याले गर्दा भोकमरी पनि सुरु भएको बताइएको छ ।