३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको ७१ औं जन्मदिनः २ करोड डोज खोप लगाएर विश्व कीर्तिमानको तयारी



अ+ अ-

दिल्ली । आज भारतमा २ करोड डोज कोरोनाविरुद्धको खोप लगाएर विश्व कीर्तिमान राखिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औं जन्मदिनको अवसरमा २ करोड डोज कोरोनाविरुद्धको खोप लगाएर विश्व कीर्तिमान राखिने तयारी भएको हो । त्यस्तै गंगा नदीमा ७१ हजार माछा छाडिने कार्यक्रम पनि मोदीको जन्मदिनको अवसरमा गरिने भएको छ । 

भाजपाले आफ्ना कार्यकर्तालाई खोप लगाउने उक्त लक्ष्यमा सघाउन निर्देशन दिएको छ ।

२ करोड डोज खोप लगाएर प्रधानमन्त्रीलाई जन्मदिनको उपहार दिने तयारी भएको भारतका स्वास्थ्य मन्त्रालयले जनाएको हो । यता मोदीको ७१ औं जन्मदिनको अवसरमा नेपाली समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिएका छन् ।