३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको ७१ औं जन्मदिनः २ करोड डोज खोप लगाएर विश्व कीर्तिमानको तयारी



अ+ अ-

दिल्ली । आज भारतमा २ करोड डोज कोरोनाविरुद्धको खोप लगाएर विश्व कीर्तिमान राखिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औं जन्मदिनको अवसरमा २ करोड डोज कोरोनाविरुद्धको खोप लगाएर विश्व कीर्तिमान राखिने तयारी भएको हो । त्यस्तै गंगा नदीमा ७१ हजार माछा छाडिने कार्यक्रम पनि मोदीको जन्मदिनको अवसरमा गरिने भएको छ । 

भाजपाले आफ्ना कार्यकर्तालाई खोप लगाउने उक्त लक्ष्यमा सघाउन निर्देशन दिएको छ ।

२ करोड डोज खोप लगाएर प्रधानमन्त्रीलाई जन्मदिनको उपहार दिने तयारी भएको भारतका स्वास्थ्य मन्त्रालयले जनाएको हो । यता मोदीको ७१ औं जन्मदिनको अवसरमा नेपाली समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिएका छन् ।