२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीकर्ताको नेप्से अगाडि धर्ना, प्रहरीको हस्तक्षेप



अ+ अ-

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएपछि निराश लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय घेराउ गरेका छन् । पुँजीबजार सुधार र विस्तारका लागि सेयर लगानीकर्ताहरुले गठन गरेको संघर्ष समितिले नेप्से कार्यालय घेराउ गरेको हो ।

घेराउमा बसेका लगानीकर्ताहरुले शेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने बताउँदै आएका छन् । लगानीकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अहिले केही लगानीकर्तालाई पक्रेर लगेको छ ।

संघर्ष समितिका संयोजक तिलक कोइरालाका अनुसार लगानीकर्ताले अघि सारेका १९ बुँदे मागप्रति सरकारले बेवास्ता गरेकोले प्रदर्शनमा उत्रिनुपरेको बताए।

लगानीकर्ताले १९ बुँदे माग अघि सार्दै २५ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन्। लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताले उठाएका मागहरुबारे तत्काल निर्णय गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी लगानीकर्ताहरुले पूँजीबजारमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताहरुको समस्या समाधान गर्न पहल गर्न निर्देशन दिनुभएको थियो ।

 

 




भर्खरै