३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भण्डारीको हत्यामा सङ्लग्न १६ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा सलङ्ग्न दुईजनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको हत्यामा सलङ्ग्न बझाङ जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरुलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमादेवीलाई तीन वर्ष कैद हुनेगरी फैसला गरेको थियो । 

पक्राउ परेका दुबैजनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताउनुभयो ।