६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग



अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र सो निर्णय कानूनसम्मत नभएको भन्दै नेकपा (एमाले) का सांसदहरुले मंगलबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामा माग गरेका छन् ।

बुढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि त्यहाँ निर्वाचन आयोगले यही जेठ महिनाभित्र पुनः निर्वाचन गराउन लागेको छ । गत वैशाख ३० गते बुढीगंगा नगरपालिकामा भएको निर्वाचन सोही कारणले विवादित बनेको थियो ।

एमाले सांसद लालबहादुर थापाले पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयबाट जनताको अभिमतप्रति अन्याय गरेको आरोप लगाउनुभयो । उनले पुनः निर्वाचन गर्नुभन्दा भइसकेको मतदानको मतगणना सुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले वैशाख ३० गते भएको निर्वाचनका सन्दर्भमा निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानबिन समितिको प्रतिवेदनविपरीत राजनीतिक जालझेल, षडयन्त्र एवं प्रचलित कानूनविपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरेको बताउनुभयो ।

सांसद थापाले प्रमुख निर्वाचन आयुक्त थपलियालगायत दुई आयुक्तका साथै गृहमन्त्रीको राजीनामा माग गर्नुभयो । साथै उहाँले गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो ।