१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग



अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र सो निर्णय कानूनसम्मत नभएको भन्दै नेकपा (एमाले) का सांसदहरुले मंगलबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामा माग गरेका छन् ।

बुढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि त्यहाँ निर्वाचन आयोगले यही जेठ महिनाभित्र पुनः निर्वाचन गराउन लागेको छ । गत वैशाख ३० गते बुढीगंगा नगरपालिकामा भएको निर्वाचन सोही कारणले विवादित बनेको थियो ।

एमाले सांसद लालबहादुर थापाले पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयबाट जनताको अभिमतप्रति अन्याय गरेको आरोप लगाउनुभयो । उनले पुनः निर्वाचन गर्नुभन्दा भइसकेको मतदानको मतगणना सुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले वैशाख ३० गते भएको निर्वाचनका सन्दर्भमा निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानबिन समितिको प्रतिवेदनविपरीत राजनीतिक जालझेल, षडयन्त्र एवं प्रचलित कानूनविपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरेको बताउनुभयो ।

सांसद थापाले प्रमुख निर्वाचन आयुक्त थपलियालगायत दुई आयुक्तका साथै गृहमन्त्रीको राजीनामा माग गर्नुभयो । साथै उहाँले गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो ।