९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मनेबित्तिकै आमाको दूध खुवाउनुको यस्तो छ कारण, जान्नुहोस्



अ+ अ-

काठमाडौं । शिशुका लागि जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक कुनै पनि किसिमको अतिरिक्त खाना र पानी आवश्यक नपर्ने र ६ महिनापछि आवश्यकताअनुसार अतिरिक्त खानासहित दुई वर्षसम्म नियमित रूपमा स्तनपान गराउन चिकित्सकहरूले सुझाव दिने गर्छन् । शिशुलाई जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउने गर्नाले यसले नै शिशुका लागि पहिलो खोपको काम गर्ने चिकित्सक बताउँछन् ।

यस्तो छ कारण :
बच्चा जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउने प्रकृयालाई प्रारम्भिक स्तनपान भनिन्छ । सुरुमा आमाको दूध आउनेलाई बिगौती दूध पनि भनिन्छ । यसलाई सुरुमा हामीले नफालीकन बच्चालाई खुवाउनु पर्छ । बिगौती दूधमा बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरू हुने गर्दछ, त्यस कारण पनि शिशुलाई खुवाउन अति आवश्यक हुन्छ । कोभिड महामारीका बेलामा हामीले घरबाहिर जानुभन्दा घरभित्रै बसेर, हात धोएर, मास्क प्रयोग गरेर बच्चालाई दूध खुवाउँदा एकदमै राम्रो हुन्छ । आफ्नो बच्चाको सुरक्षाका लागि पूर्ण स्तनपान गराउन उत्तम हुन्छ ।

स्तनपानसम्बन्धी जान्नै पर्ने कुराहरू :
१) शिशु जन्मनेबित्तिकै जति सक्दो चाँडो १ घण्टाभित्र स्तनपान गराउने ।
२) शिशु जन्मेपछि आमाको स्तनबाट आउने पहिलो पहेंलो, बाक्लो बिगौती दूध खुवाउने ।
३) शिशुलाई दिन र रातमा गरी कम्तीमा १० देखि १२ पटकसम्म स्तनपान गराउने ।
४) बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउने, पहिलो ६ महिनासम्म आमाको दूधबाहेक अरु कुनै पनि खानेकुराहरू र पानीसमेत नखुवाउने ।
५) बालबालिकालाई ६ महिना पूरा भएपछि अन्य पोषिलो वा पूरक खानाको साथसाथै २ वर्ष वा सोभन्दा बढी उमेरसम्म लगातार स्तनपान गराउने ।

(एजेन्सीको सहयोगमा)