२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता आदित्यलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । भारतमा कोरोना भाइरसले फेरि एकपटक तिब्र गतिमा आक्रान्त पार्न थालेको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने बलिउड स्टारहरु पनि कोरोनाको चपेटामा परेका छन् ।

अक्षय कुमार र कार्तिक आर्यनपछि अब अभिनेता आदित्य रोय कपुरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्ला केही दिनयता मुम्बईमा कोरोना भाइरसको संक्रमण बढेको छ ।

जानकारी अनुसार आदित्यमा कोरोनाका सामान्य लक्षण देखिएको छ । त्यसैले उनी छिट्टै निको हुन सक्छन् । यतिबेला आदित्य आफ्नो फिल्म ‘ओमः द ब्याटल विथ इन’ को प्रमोशनमा व्यस्त छन् ।

चलचित्र चाँडै नै रिलिज हुन लागेको र यसको ट्रेलर रिलिजको तयारी पनि भइरहेको छ । तर अभिनेतामा कोरोना पोजेटिभ भएपछि फिल्मको प्रमोशन रोकिन सक्नेछ ।