• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेकपा एसको सचिवालय बैठक बस्दै



file

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्ने भएको छ ।

आज ३ बजे पार्टी कार्यालय तीनकुनेमा बस्ने बैठक वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षामा केन्द्रित हुने बुझिएको छ ।

नेकपा एसको सचिवालयमा अध्यक्ष माधव कुमार नेपालसहित नेताहरू झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रवेश हमाल, जयन्ती राई, बेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा छन् ।