• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५३ कामय भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन ९आन्तरिक०को प्रतिलिटर रु १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।