१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स

‘भूपू सैनिक सम्मेलन’ दिपायलबाट शुरू गर्ने सेनाको तयारी

‘भूपू सैनिक सम्मेलन’ दिपायलबाट शुरू गर्ने सेनाको तयारी
अ अ+ अ-

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ ।

सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति शर्माले दिपायलस्थित ५ नम्बर बाहिनी अड्डामा उद्घाटन गर्नुहुने छ । धनगढीस्थित भवानी दल गणमा चैत १०, सुर्खेतस्थित पश्चिम कमाण्ड चैत २० र चैत २१ गते नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलन क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयत दरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण हुनेछ । लघुवित्तका सर्वाेत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार, ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्वीलचियर प्रदान गरिने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ ।

सेनाका बहालवाला, भूतपूर्वसैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ । सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेको पाइन्छ । मुलुकमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० बाट पुनः आरम्भ गरिएको थियो ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूसैनिक र परिवारिक निवृत्तिभरणमा रहेका आश्रित एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । सम्मेलनका क्रममा प्रस्तुत हुने त्यस क्षेत्रको संस्कृति झल्कने नाचगानसहितको झाँकीले सबै दुःखकष्ट अन्त्य गरी भूपूसैनिक र उनका परिवार फुरुङ्ग हुने गर्छन् ।

सेनासँगको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैकले सामाजिक उत्तरदायित्वअन्तर्गत लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा भूपूसैनिकलाई कर्जा उपलब्ध गराउँदै आएको छ । भूपूको जीवनस्तरमा सुधार ल्याउन सेनाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई लघुवित्तलगायतका विभिन्न कार्यक्रम अघि सारेको छ ।

नेपाली सेनाले भूकम्पबाट घर भत्केर अप्ठ्यारोमा परेका भूपूलाई घर बनाउनेलगायतका राहतका लागि ठूलो रकम खर्चिसकेको छ । जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपूसैनिकले सम्मेलनलाई सहकर्मी पल्टनीयाबीच भेटघाट, सुखदुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

भूपूसैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिने उद्देश्यले पश्चिम कमाण्ड मातहतका १९ जिल्लामा बसोबास गर्ने आठ हजार १५१ हिताधिकारीलाई लक्षित गरी यसपटकको सम्मेलन आयोजना गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो । सम्मेलनलाई हिताधिकारीको सेवासुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रूपमा सेनाले लिने गरिएको छ ।

सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपूसैनिकको समाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन कोसिस गरिरहेको छ । ‘बहुजन हितायः बहुजन सुखाय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीका लागि स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको छ ।

सम्मेलनको मुख्य उद्देश्य हिताधिकारीलाई कल्याणकारी कार्यबारे जानकारी दिने, गुनासा सुन्ने, अन्तक्र्रिया गरी राय–सुझाव सङ्कलन गर्ने र शिविरमार्फत स्वास्थ्योपचार सेवा उपलब्ध गराउनु हो । बढदो महङ्गीको मारमा नपरुन् भन्ने हेतुले सेनाले कोषमार्फत बहालवाला र अवकाशप्राप्तलाई सुपथमूल्यका पसल खोल्ने कार्यलाई युनिट तहसम्म पु¥याउन अभियान नै सुरु गरिसकेको छ ।

हिताधिकारीको समाजिक प्रतिष्ठा एवं आत्मसम्मानमा जोड दिँदै आएको नेपाली सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु एवं राष्ट्रिय एकताको प्रतीकका रूपमा रहिआएको छ ।

(रासस)