१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओली सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीश पुरस्कृत भएछन्’



file
अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङले संविधान दिवसकै दिन केपी ओली सरकार हटाउन परमादेश जारी गर्ने न्यायाधीश र मुद्दा हाल्ने वकिलहरू पदकबाट विभुषित भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले यसले राम्रो सन्देश नगएको भन्दै न्यायाधीशहरुलाई मेडल अस्वीकार गर्न आग्रह समेत गरेका छन् ।

आइतबार संविधान दिवसको अवसरमा नेकपा एमालेले गरेको कार्यक्रममा बोल्दै पूर्वसभामुख नेम्वाङले भने, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनुभएको छ ।’

उनले साँझ चितुवा कराउनु र बिहान सिँगारी खसी हराउनुजस्तै परमादेश जारी गरेर सरकारमा ल्याइदिएको गुन तिर्न पदक दिएको आरोप समेत लगाए ।